साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चाम्लिङकृत ‘पवित्र क्रान्ति’ विमोचित

Nepal Telecom ad

काठमाडौं, २०७२ असार २२ । अन्तर्र्रािष्ट्रय नेपाली साहित्य समाज नेपाल च्याप्टरले आयोजना गरेको २०२ औँ भानु जयन्तीको अवसरमा सिक्किमका मुख्यमन्त्री एवं वरिष्ठ श्रष्टा पवन चामलिङद्वारा प्रतिपादित ‘पवित्र क्रान्ति’ विमोचन गरियो । विचार र दर्शनमाथि केन्द्रित रहेर नेपाल, भारत, अमेरिका, बेलायतका नेपालीभाषी लेखकहरूले प्रकट गरेको धारणालाई समेटी यो कृति तयार गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार राजेन्द्र थापा हुनुहन्थ्यो ।

जीवन, प्रकृति एवं सम्पूर्ण ब्रह्माण्डलाई सुरक्षित राख्न मानवले व्यवहारमा परिवर्तन गर्नुपर्ने ‘पवित्र क्रािन्त’ को मूल उद्देश्यलाई विश्वभर लैजाने अभिप्रायका साथ अन्तर्र्रािष्ट्रय नेपाली साहित्य समाज नेपाल च्याप्टरले पुस्तक विमोचन समारोहको आयोजना गरेको थियो ।

अन्तर्र्रािष्ट्रय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विभिन्न स्रष्टाहरूले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए । प्रा.डा. जे.एन. पाण्डे हिमालीले समग्र पुस्तकको समीक्षा गरेका थिए ।

कार्यक्रममा नेपाली साहित्य परिषद् बेलायतका अध्यक्ष सुरेशजंग शाह, अनेसासका पूर्व उपाध्यक्ष भारती गौतम र साझा प्रकाशनका महाप्रबन्धक डोलेन्द्र शर्मालाई स्वागत सम्मान पनि गरिएको थियो । सोही कार्यक्रममा भारती गौतम, गोपीकृष्ण प्रसाईं, उज्वल जिसी, मीरामन थापा, सरु सुवेदी, गोपाल पराजुली, गीता मैनाली, शशि थापा, सुशीला खड्का, नरबहादुर बीसी, राजेन्द्र थापा, सुरेशजंग शाह, राधेश्याम लेकालीलगायतले आ–आफ्ना रचना बाचनसमेत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि राजेन्द्र थापा, नेपाली साहित्य परिषद्का अध्ध्यक्ष सुरेशजंग शाह, अनेसासका पूर्व उपाध्यक्ष भारती गौत्तम, समाजसेवी डा. सुरेन्द्र ढकाल, साझा प्रकाशनका महाप्रबन्धक डोलेन्द्र शर्मा, अध्यक्ष राधेश्याम लेकाली, पत्रकार डम्बर गिरी, बाबा बस्नेत, गीता मैनालीलगायतले मन्तब्य राखेका थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x