साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मबाट अपराध भएकै हो

Nepal Telecom ad

मैले सकिनँ
यहाँको अस्तबलमा लादी सोर्न
र सकिनँ मैले
मेरो शिर काटेर
यहाँको पाउमा सभक्ति सुमर्न
मैले यहाँको शाही यात्रामा
सकिनँ
साष्टाङ्ग दण्डवत् चलाउन
र हजुरको कुरुप अनुहारलाई
भन्न चाहिनँ
हे रुपवान अधिपति
कुन गोडा मर्जी होला
यहाँको मैले मुसार्न ।
खसोखास मबाट अक्षम्य अपराध भयो
मैले बुझेँ
यहाँको मर्मस्थलमा
मबाट ठुलो चोट पुग्न गयो
बिहान सबेरै उठेर हजुरको हबेलीमा
किस्तीमा नजराना पु¥याउन सकिनँ
हजुरलाई राम्रो फाइदा पुग्ने र
मलाई अलिकति छ्याकन पनि मिल्ने
यहाँको आँखा गडिरहेको परियोजनामा
मैले हात बढाइदिन सकिनँ
मैले सकिनँ
यहाँका बच्चाबच्चीलाई
पिठ्युँमा बोकेर घोडा बनिदिन
र यहाँका कट्टु
एवं मेमसाहेबका फरियाहरू धोइदिन ।
धरोधर्म मबाट अतिशय भुल भएकै हो
ख्वामित्को चित्तमा
मबाट ठुलै आघात पु¥याइएकै हो
हजुरबाट पोषित चाटुकारले जस्तो
किमार्थ मबाट हजुरको जयगान नभएकै हो
यहाँका फोहोरी हातहरूलाई
अहा कति सुन्दर भन्दै
काउले जिब्रो नफट्कारेकै हो
यहाँका कुटिल तमसुकहरूलाई
महान् ऐतिहासिक दस्तावेज भन्दै
स्वीकार गर्न कन्जुस्याइँ गरिएकै हो
अपराधको सजाय त श्रीमानबाट हुन्छ नै
हस् ख्वामित
मैले उठ्न खोज्दा मेरा गोडा तानिदिए हुन्छ
मैले देख्न चाहने सपनाका
आँखैमा धुलो खन्याइदिए हुन्छ
चाटुकारहरू चिरञ्जीवी भइरहून्
हजुरको कीर्ति गान गाइरहून्
मलाई छुनु छैन
यहाँका आशीर्वादले सगर
मैले भेट्नु छैन
कुनै लाभको पारितोषिक
मेरो बाटामा काँडा तेस्र्याइदिए हुन्छ
श्रीमान्का सुस्वादु जाँड महोत्सवहरू
मबाट आयोजित हुन सकेनन्
श्रीमानको शौचालयदेखि शयनागारसम्म
याचनापूर्ण भाखामा
मेरा छायाले पछ्याउन सकेनन्
क्षमा गर्नोस्
यहाँको वरद् हात
यहाँकै चाटुकारका शिरमा घोप्टिरहून्
यहाँका हण्डीहरूबाट वितरित
पद र प्रतिष्ठा तिनकै पोल्टामा परिरहून्
सकिन्छ भने श्रीमानबाट
मेरो टेक्ने भुइँ पनि तानिदिए हुन्छ
हिंड्ने बाटो पनि खनिदिए हुन्छ
हजुरको
कोपभाजनको आखेटमा तड्पिरहेको छु
तथापि
म आफैसँग बोलिरहेको छु
ख्वामित् !
म कसैको आशीर्वाद विनै बाँचिरहन सकूँ
कति कुण्ठाले बाँच्नु हो
जाबो दुई दिनको जिन्दगानीमा
जस्तोसुकै भासमा परे पनि
म आफ्नै खुट्टामा सीधा उभिरहन सकूँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x