साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नागरिक

Nepal Telecom ad

म असफल पति
र असफल पिता
न असल छोरा बन्न सकें
न असल नागरिक
शायद जानी नजानी
बा(आमाको मन दुखाएको
सजाय भोग्दैछु
शायद अंगिकृत नेताहरूलाई
अभिभावक बनाएको
अभिशाप भोग्दैछु ।
न बाटोमा जुलुस बनेर
तोडफोड गर्न सक्छु
न मानिस मार्न वा जलाउन सक्छु
न बाआमालाई खर्पनमा राखेर
तीर्थ यात्रामा निस्किन सक्छु
न असफलताको बुईं चढेर
आत्महत्या नै गर्न सक्छु ।
हरेक अभाव र अपमानहरूलाई
सहजै अंगालो हाल्दै
बाँच्न बानी परिसकेको
म नेपालको नागरिक हूँ ।

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म हुँ बाँदर

म हुँ बाँदर

युगल बसेल
कोशी नदीमा किन हाम फाले ?

कोशी नदीमा किन हाम...

आत्माराम न्यौपाने
विकासको फल हेर्ने भए

विकासको फल हेर्ने भए

राजकुमार लामिछाने
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
0
Would love your thoughts, please comment.x
()
x