वासुदेव पाण्डेयनिको छैन चाला
लगाएछ मोसो, थियो फूलमाला ।
समाधान खोज्छन् लगाएर ताला ।।
न गाई न जात्रा त्यसै अस्तव्यस्त ।
दिशाहीन यात्री कतातर्फ जाला ?
मिल्यो एक मौका र चौका लगाए ।
सबै लुट्न खोज्ने निको छैन चाला ।।
मिली घात गर्ने भई छद्मभेषी ।
बनी मित्र मौका मिले रोप्छ भाला ।।
नखाएर खाना सुरापान गर्न ।
बसेको छ मान्छे समाएर प्याला ।।
सुर्खेत
Subscribe
Login
0 Comments
Oldest





































