सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

यो देश खाली हुने भो

Nepal Telecom ad

न मेची हुने भो न काली हुने भो
बडो दुःख यो देश खाली हुने भो ।

लगाएर आफै बगैँचा उजाड्ने
यसै देशको हेर माली हुने भो ।

निमोठ्ने चिमोट्ने र चाट्नेहरूको
यहाँ भोलि हाली मुहाली हुने भो ।

न नेपाल सिङ्गो हुने छाँट नै छ
मधेसी पहाडी हिमाली हुने भो ।

गयो प्रेम सद्भाव विश्वास हाम्रो
र बाकी सबैलाई गाली हुने भो ।

भयो खेल कस्तो नबुझ्ने कसैले
न घर नै हुने भो न पाली हुने भो ।

न ता शान्तिले बाँच्न सक्ने छ कोही
न ता ओठमा स्निग्ध लाली हुने भो ।

चन्द्रनिगाहपुर, रौतहट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मन पराउनेलाई तन दिए कसो होला ?

मन पराउनेलाई तन दिए...

गाेपाल काफ्ले
हैन र यो ?

हैन र यो ?

काशीनाथ मिश्रित
दाबी गर्छ

दाबी गर्छ

डिल्लीप्रसाद अधिकारी
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'