साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोको चितुवा

Nepal Telecom ad

जनता भोकै छन् यहाँ, शासक अघाएर कराउँछ
यो देशको ठूलो मान्छे रक्सी खाएर कराउँछ ।

नहुने हुनु छ सायद सपना बिग्रेर आयो
रातैपिच्छे जंगली स्याल बहुलाएर कराउँछ ।

विद्वानहरूमा लोभ उस्तै, गुुणहरूमा बेगुण फल्छ
आश लाग्दो मान्छे चोकमा लाज पचाएर कराउँछ ।

हरिणको पाठो बिहानै गौंडा तरेर पारि गयो
यता भोको चितुवा सिकार नपाएर कराउँछ ।

उर्लाबारी, मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x