साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जङ्गबहादुरसँग पुनर्मिलन

Nepal Telecom ad

पुन्टे, भुन्टे, वसन्ते र सन्ते
तिमीलाई व्यापारमै व्यस्त छ भन्थे
अनि
कोतपर्वको दोस्रो संस्करण निकाल्न
कसरी भ्यायौ ?
जङ्गबहादुर ! तिमी आयौ ?

अनुहार पनि सर्लक्कै फेरिएछ
यता हामीलाई सञ्चै छ
अनि उताको हालखवर के छ ?
किन काटेको ? जुँगा काटेछौं
अनि घडेरी कहाँ कहाँ किन्यौ ?
जङ्गबहादुर ! मलाई चिन्यौ ?
दुब्ला थियौ, मोटाएछौ
उमेर पनि सर्लक्कै घटाएछौ
जङ्गबहादुर मरे
भनेर धेरैले हल्ला पनि गरे
तिमीलाई सग्लै देखेपछि
हल्ला गर्नेहरू डल्ला परेर
घोडाबाट लड्यौ कि क्या हो
मुन्टो पनि बाङ्गो बाङ्गो लाउँछौ ?
जङ्गबहादुर !
अनि मकहाँ कहिले आउँछौ ?
कुकुर पालन व्यवसायमा
नयाँ कदम चालेछौ
नेपाली कुकुर पाल्न छाडेर
विदेशी कुकुर पालेछौ
खुसी लाग्यो
कुकुरै भए पनि चिन्न थालेछौ
त्यस रात अरुका कुकुरहरू भुकिरहे
तिम्रो कुकुरले भाषण दियो
जुन रात सहरमा
कुकुरहरूको ट्यालेन्ट शो थियो
जङ्गबहादुर !
अनि तिम्रो छोराले एसएलसी दियो ?

कुकुरलाई साङ्लोले डोर्याएर
मर्निङ वाकमा जाने शोख
तिम्रो मात्रै होइन
तिम्रा बाको पनि थियो
तिमीले डोर्याएको कुकुर पनि
काटीकुटी तिम्रा बाको जस्तै देखियो
यो कुकुर पनि उही हो कि क्या हो ?
ल्याप्चे परीक्षण गर्यौ ?
जङ्गबहादुर !
अनि तिमीले डिभी भर्यौ ?

काभ्रे, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कसले ?

कसले ?

अर्जुन पराजुली
म झोले होइन

म झोले होइन

अर्जुन पराजुली
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x