साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खै एकताको बल ?

Nepal Telecom ad

भन्थे एक थुकी सुकी सय थुकी बन्ने छ पक्कै नदी
ऐले भव्य नदी फुटी सय कुलो बन्दै गए सुस्तरी
यौटा फूल थुती थुती चुँडिदिए देखिन्छ के सुन्दर ?
यौटै काँध बनेर बोक्नु छ धरा खै एकताको बल ?

माटाको घरमा पसेर दुनियाँ भन्दै छ गिर्जाघर
मासिन्छन् क्षणभित्र मन्दिर यहाँ भत्किन्छ त्यो मस्जिद
येशू, बुद्ध तथा खुदा र भगवान् मान्छे न हुन् आखिर
हामी धर्म भनेर बाँडिन पुग्यौँ खै एकताको बल ?

हाम्रै हुन् फरिया, घलेक, मुजुरा, हाकूपटासी पनि
साकेला, छठ पर्व, तीज र दसैँ, गौरा र जात्रा अनि
छाता संस्कृतिको विशाल शिरमा ओड्दा त के हुन्छ र ?
हामी जात भनेर बाँडिन पुग्यौँ खै एकताको बल ?

मेची दिन्छ चिया मिलेर पिउँदै काली पुगौँ साँझमा
बोकी अन्न तराइको सब घुमौँ मुस्ताङका खोचमा
खुट्टा, हात, शरीर, माथ सबको यो देह साझा घर
हामी क्षेत्र भनेर बाँडिन पुग्यौँ खै एकताको बल ?

हड्डीमा किन हुन्छ नित्य झगडा गिर्दै छ मान्छे अब
यौटै लक्ष्य छ पुग्न सक्दछ जुटे छोड्दै छ बाटो तर
बन्ने छैन नि संविधान यसरी डुब्दै छ यो देश त
बिस्र्यौं त्याग अतीतका रगतको खै एकताको बल ?

मिल्छन् ती धमिरा र बन्छ सजिलै आश्चर्य त्यो देवल
देख्छौँ नै महमा समुन्नत कला ती माहुरीको बल
धर्तीमा कुन हो असम्भव कुरा मान्छे हुने निष्फल ?
यौटा देश बनाउने विषयमा खै एकताको बल ?

झापा, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
0
Would love your thoughts, please comment.x
()
x