साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चकार महिमा

Nepal Telecom ad

लाग्छन् पछाडि किन हो बुझिसक्नु छैन
पुग्छन् जहाँ अब त्यहाँ पुगिसक्नु छैन 
सोझा सिदा भइ यहाँ मति नाउँ छैन
चाकर भुलेर अरुको रति ठाउँ छैन ।

साँचो नबोल कहिल्यै गर ढाँट बोली
बोलेर सत्य सजिलो पछुतो छ भोलि
सम्झेर बोल रसिलो तब काइदा छ
चिप्ले बनेर रहँदा कति फाइदा छ ।

छन् स्वार्थका सब घडा कहिले भरिन्छन्
कस्को सहाय हुन गै प्रतिफल छरिन्छन्
चाहिन्न भो सब गयो भुल स्वाभिमान
ए चाटुकार महिमे गर है सिरान ।

जाती भएर रहनू अलि दुःख नै छ
प्यारो भई रहनु ता अझ दुःख नै छ
बोल्दै नबोलिरहँदा अपमान मिल्छ
चम्चे बनेर रहँदा अब मान मिल्छ ।

विद्या पढेर पनि खै कुन काम हुन्छ
धन्कै पछाडि प्रियता सब क्षेत्र छुन्छ
ज्ञानी बनेर रहनू किन भन्नु साथी
ज्ञानादि नष्ट हुन गो चतुरादि जाती ।

दियाले, ओखलढुङ्गा

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी हामी रमाउने

तिमी हामी रमाउने

इन्द्रकुमार श्रेष्ठ
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x