साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गफ गर्दै, हात हल्लाउँदै, हल्ला मच्चाउँदै

Nepal Telecom ad

गफ गर्दै, हात हल्लाउँदै
अनि हल्ला मच्चाउँदै हिँड्न सक्तिनँ
मान्छेहरू मलाई
“ठुलो भएछ, बोल्दैन” भन्छन्
अरूका कुरा लाउँदै, कान फुक्दै
अनि भेटेका जतिसँग मुख जोत्दै गफ गर्न सक्तिनँ
मान्छेहरू मलाई
“एकोहोरो भएछ, खुस्किएछ” भन्छन् ।

म आफ्नो काम गर्छु
आफ्नो बाटो हिँड्छु
आफ्नो पसिनाको कमाइ खान्छु
आफ्नो सपना देख्छु
मलाई अरूको खेताला भएर काम गर्न मन लाग्दैन
अरूले बनाएको बाटोमा हिँड्न मन लाग्दैन
अरूले कमाएको मानो हात पसारेर खान मन लाग्दैन
अरूले देखेको सपनामा रमाउन मन लाग्दैन
त्यसै भएर मान्छेहरू मलाई
“ठुलो भएछ, बोल्दैन” भन्छन्
“एकोहोरो भएछ, खुस्किएछ” भन्छन् ।

पहिला-पहिला कुनै बेला
अरूले छुट्याइदिएको भारी बोक्न पाउँदा
गजक्क परिन्थ्यो, दङ्ग परिन्थ्यो
अरूले कोरिदिएको बाटोमा आँखा चिम्लेर दौडिन पाउँदा
आफूलाई ‘महान’ ठानिन्थ्यो
अरूले दारेर फालेको
हड्डीमात्र भएपनि चुस्न पाउँदा
ठुलै पुरूषार्थ गरिएछ भन्ने ठानिन्थ्यो
तर आज म आफू हिँड्ने बाटो
आफैँ बनाउन थालेको छु
थोरै भएपनि आफूलाई खानपुग्ने
आफैँले कमाउन थालेको छु
आफ्नो सपना आफैँले देख्न थालेको छु
त्यसै भएर मान्छेहरू मलाई
“ठुलो भएछ, बोल्दैन” भन्छन्
“एकोहोरो भएछ, खुस्किएछ” भन्छन् ।

म बाटोमा हरदम कविता सोचिरहेको हुन्छु
कहिले गीतको लाइन गुनगुनाइरहेको हुन्छु
कहिले गजलको रदिफ र काफिया बनाइरहेको हुन्छु
कहिले कथाको कुनै पात्रसँग कुरा गरिरहेको हुन्छु
तर मेरा वरिपरिका अधिकांश मान्छेहरूले
म पनि उनीहरूजस्तै भएको हेर्न चाहन्छन्
खै, किनकिन ! म त्यस्तो हुन सक्तिनँ
उनीहरूको होमा हो मिलाउन सक्तिनँ
गफ गर्दै, हात हल्लाउँदै
अनि हल्ला मच्चाउँदै हिँड्न सक्तिनँ
मान्छेहरू मलाई
“ठुलो भएछ, बोल्दैन” भन्छन्
अरूका कुरा लाउँदै, कान फुक्दै
अनि भेटेका जतिसँग मुख जोत्दै गफ गर्न सक्तिनँ
मान्छेहरू मलाई
“एकोहोरो भएछ, खुस्किएछ” भन्छन् ।

हेटौडा, मकवानपुर
२०७० फागुन ९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
0
Would love your thoughts, please comment.x
()
x