फित्काैली डटकमलीलाध्वज थापा साहित्य प्रतिष्ठानको रचना वाचन तथा स्रष्टा सम्मान
सम्मानित हुनुभएका स्रष्टा प्रधानले लीलाध्वज थापाजस्तो प्रतिष्ठित साहित्यकारको नाउँबाट स्थापना भएको प्रतिष्ठानबाट सम्मान पाउँदा आफू ज्यादै अनुग्रहित भएको कुरा व्यक्त गर्दै स्व. लीलाध्वज थापा प्रति श्रद्धान्जली व्यक्त गर्नु भयो ।

काठमाडौ, २०८० असाेज २७ । साहित्यकार श्री प्रमोद प्रधानलाई नगद रु १००००/(दश हजार ) सहित लीलाध्वज स्रष्टा सम्मानले सम्मान गर्दै भव्यताकासाथ प्रतिष्ठानको रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त सम्मान प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापाले प्रदान गर्नुभएको थियो । सम्मानित हुनुभएका स्रष्टा प्रधानले लीलाध्वज थापाजस्तो प्रतिष्ठित साहित्यकारको नाउँबाट स्थापना भएको प्रतिष्ठानबाट सम्मान पाउँदा आफू ज्यादै अनुग्रहित भएको कुरा व्यक्त गर्दै स्व. लीलाध्वज थापा प्रति श्रद्धान्जली व्यक्त गर्नु भयो । उहाँको उपन्यास मन,शान्ति ०२९ साल तिरै पढेको उल्लेख गर्दै नाटक, हास्यव्यङ्ग्य,कविता आदि लेखेर साहित्यमा उहाँले प्रदान गर्नु भएको सेवाको उल्लेख गर्नु भयो र दाह्री निबन्धको चर्चा गर्नु भयो ।
बिपी, धनुष चन्द्र गोतामे, गोविन्द मल्ल गोठाले, पारिजात, विजय मल्लहरूकै बीचमा लीलाध्वज थापा पनि रहनु भएकोले हामीले तीनका मानक साहित्य पढ्न पर्छ भन्नु भयो ।
उहाँको उपन्यास संख्यात्मकभन्दा गुणात्मक भएको र मन उपन्यासले २०१४ सालमा नै मदन पुरस्कार पाउनाको साथै ज्यादै चर्चित भएको उल्लेख गर्दै त्यस्ता स्थापित स्रष्टाको नामको प्रतिष्ठानबाट सम्मानित हुँदा अत्यन्त खुशी लागेको छ भन्दै प्रतिष्ठानले यस्तै राम्रो कार्यक्रम गर्ने गरेको सुन्दा अत्यन्त खुशी लागेको कुरा व्यक्त गर्दै यसको निरन्तरताको कामना गर्नुभयो ।
उहाँको सुपुत्र विजयजीले पनि आफ्नो पिताको प्रेरणाले कविता, नियात्रा, मुक्तक, गीत लेखेर नेपाली साहित्यको श्री वृद्धि गरेको चर्चा गर्दै सम्मान पुरस्कार भनेको ठूलो सानो हुँदैन, श्रद्धाले गरेको सबै सम्मान ठूलो हुन्छ भन्नु हुँदै पिताजीको नाममा प्रतिष्ठान स्थापना गरेर रचना वाचन तथा सम्मान कार्यक्रम गर्दै आएकोमा प्रशंसा गर्नु भयो ।
कार्यक्रममा अग्रज साहित्यकार रामप्रसाद पन्तले कार्यक्रमका अतिथिहरूलाई स्वागत गर्दै सम्मानित हुनुभएका साहित्यकार प्रमोद प्रधानका विषयमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष थापाले सम्मानित स्रष्टाले लामो समयदेखि नेपाली भाषा र साहित्यमा उल्लेखनीय सेवा गर्दै आउनुभएको छ भन्नुभयो ।
कार्यक्रममा प्रा डा गोविन्दमान सिं कार्की, मुकुन्द न्यौपाने, उत्तम विचार, कुमार नेपाल, धरणीधर गुरागाईं,बद्री उप्रेती, माया उपाध्याय, दुर्गा अधिकारी भ्रमरकओटे, रुद्र अधिकारी, मदन नेपाल, मानन्धर अभागी, नवराज पोखरेल “नवशिला” सुरेश वैद्य, महेश प्रसाद रिजाल, रोशन पोखरेल, राजु गौतम, राजेशमान केसी, राधा कार्की, इन्दु पन्त, डी. आर., सन्तोष श्रेष्ठ,राजबाबु श्रेष्ठ सागर, शम्भु प्रसाद गजुरेल, माधव लाल श्रेष्ठ, कल्पना काफ्ले, डिल्लीप्रसाद मुलतिउन, मनिला वन्त, शुशिला ढकाल, सुन्दर खडका, मीना आचार्य, इन्दिरा ढकाल, मुकुन्द पौडेल, सुचिता काफ्ले, जिज्ञासु पन्त, पूर्ण बहादुर श्रेष्ठ, माधव बिडारी, प्रकाश घायल, डा बम बहादुर जिताली, विरबहादुर लोहनी, टंक बहादुर लौडारी, एम पि पाण्डे, उमेश पाण्डे, अमृत भट्टराई, एन बी जनकपुरी, मोहन कार्की, वलबहादुर जिताली समेत ४७ जना स्रष्टाले आआफ्ना रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रम स्रष्टा उत्तम विचारले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । अन्त्यमा अध्यक्ष थापाले अग्रज स्रष्टाको सम्मान गर्ने अवसर पाउँदा आफू र संस्थासमेत सम्मानित भएको धारणा व्यक्त गर्दै हालसम्म छयहत्तर अग्रज तथा विशिष्ट स्रष्टालाई स्रष्टा सम्मानले सम्मानित गर्न पाउँदाको खुशी व्यक्त गर्नुकासाथै उपस्थित सम्पूर्ण स्रष्टा प्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।
रचना वाचन गर्ने स्रष्टाहरूको रचनाको उच्च मूल्यांकन गर्दै कदर पत्र प्रदान गरेर सम्मान गर्नु भयो । साहित्यकार टंक अधिकारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै रु ५०००/ सहयोग प्रदान गर्नु भयो ।
उक्त कार्यक्रम चिल्ड्रेन मोडल स्कुल बालुवाटारमा भएको थियो । कार्यक्रमको शुरुमा राष्ट्रिय गान बजाएर कार्यक्रम शुरु गरिएको थियो । उक्त प्रतिष्ठान यसस्वी कवि तथा उपन्यासकार लीलाध्वज थापाको नाममा पारिवारिक स्रोतबाट स्थापना भएको संस्था हो ।
०००
Subscribe
Login
0 Comments
Oldest







































