साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुट्टा नकमाई दिनुस्

आशा अनि भरोसाको, केन्द्रमा हुनुहुन्थ्यो भनेकै हो तपाईले, खुट्टा नकमाई दिनुस् । मुखमा जे आयो त्यहि, नबोलिदिनुस् महाशय कम्तिमा जख्मी घाउमा मलमपट्टी त लगाई दिनुस् ।

Nepal Telecom ad

पदम भण्डारी :

म बाहेक सबै गलत, भ्रम छर्न गवाई दिनुस्
झुटको खेति गर्नुस्, सत्यलाई चपाई दिनुस् ।१।

तपाईको भाषणले, मेरो रोग निको हुँदैन महाशय
मलाई मेरो रोग, निको हुने दवाई दिनुस् ।२।

बिरामी भएर काम नगरि, घरमा बसेको छु
गाँस टिप्नलाई गाह्रो छ, कुनै उपाय थमाई दिनुस् ।३।

सुखमा हुँदा कमि थिएन, साथ दिनेहरुको
सागर तर्नु छ दुःख पर्दा, हात समाई दिनुस् ।४।

आशा अनि भरोसाको, केन्द्रमा हुनुहुन्थ्यो
भनेकै हो तपाईले, खुट्टा नकमाई दिनुस् ।५।

मुखमा जे आयो त्यहि, नबोलिदिनुस् महाशय
कम्तिमा जख्मी घाउमा मलमपट्टी त लगाई दिनुस् ।६।

०००
लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक हुन्

नागरिक हुन्

पदम भण्डारी
ऊ मान्छे रहेन…

ऊ मान्छे रहेन…

पदम भण्डारी
सकियो

सकियो

पदम भण्डारी
सम्झियो

सम्झियो

पदम भण्डारी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x