साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नभन्दिनूस्

मेरो बिन्ती महोदय, अरू जेजे गर्नुछ गर्नुस् तर- त्यो चैँ नगर्नूस् हजूर त्यो चैँ नगर्नूस् ! त्यति धेरै क्रूर नबन्दिनूस् कृपया, यसलाई अर्कोपल्ट भोट हाल्दिनँ नभन्दिनूस्।

Nepal Telecom ad

दुर्गाप्रसाद ग्वालटारे :

सुन्दैन यसले भन्ने लाग्ला तिम्लाई
सुनेको छु कुरा मैले
पढ्दैन यसले भन्ने लाग्ला
पढेको छु खबर मैले
कत्ति विरोध गर्छौ हँ तिमीले मेरो ?
भन्दैछु, नबस थुतुनो चलाई चलाई
विरोध गर्दैमा तिमीले
कुनै लछारपाटो लाग्ने वाला छैन मलाई ।

भन्नुको पनि त हद हुन्छ नि !
चुसाहा भन्छौ तिमी मलाई
घुस्याहा भन्छौ तिमी मलाई
के चाटेको छु मैले कसैको थाली?
हो, माढें हुँला कतै कसैको बालि!
सुन,
डग्दैन हात्ती
नाङ्ग्लो हल्लाई हल्लाई
घुस्याहा भन्दैमा तिमीले
लछारपाटो लाग्ने वाला छैन मलाई ।

अनि, भन्दैछु अर्को कुरा
कान खोलेर सून पूरा
किन भन्दैछौ हँ मलाई अपराधी ?
के चलाइदिएको छु तिम्रो भकारी?
खवरदार, नभिराऊ यस्तो बिल्ला
तिमीलाई पनि भाग मिल्ला
हुन त जेजे गर्छौ गर
छुट छ तिम्लाई
अपराधी भन्दैमा
लछारपाटो लाग्ने छैन मलाई ।

उफर् ! के भनौँ !
एउटा पीर भने छँदैछ मनमा
अपसकुन पनि पर्ने गरेका छन्
कहिलेकाहीं मेरो कानमा
“अर्को पटक देखाउँला” भन्ने गर्नुहुन्छ रे तपाईँले
“ढाड सेकाउँला” भन्ने गर्नुहुन्छ रे हजुरले
मेरो बिन्ती महोदय,
अरू जेजे गर्नुछ गर्नुस् तर-
त्यो चैँ नगर्नूस् हजूर
त्यो चैँ नगर्नूस् !
त्यति धेरै क्रूर नबन्दिनूस्
कृपया, यसलाई अर्कोपल्ट
भोट हाल्दिनँ नभन्दिनूस्।

०००
२५ असोज २०८०
मेलवर्न, अस्ट्रेलिया ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x