सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नभन्दिनूस्

मेरो बिन्ती महोदय, अरू जेजे गर्नुछ गर्नुस् तर- त्यो चैँ नगर्नूस् हजूर त्यो चैँ नगर्नूस् ! त्यति धेरै क्रूर नबन्दिनूस् कृपया, यसलाई अर्कोपल्ट भोट हाल्दिनँ नभन्दिनूस्।

Nepal Telecom ad

दुर्गाप्रसाद ग्वालटारे :

सुन्दैन यसले भन्ने लाग्ला तिम्लाई
सुनेको छु कुरा मैले
पढ्दैन यसले भन्ने लाग्ला
पढेको छु खबर मैले
कत्ति विरोध गर्छौ हँ तिमीले मेरो ?
भन्दैछु, नबस थुतुनो चलाई चलाई
विरोध गर्दैमा तिमीले
कुनै लछारपाटो लाग्ने वाला छैन मलाई ।

भन्नुको पनि त हद हुन्छ नि !
चुसाहा भन्छौ तिमी मलाई
घुस्याहा भन्छौ तिमी मलाई
के चाटेको छु मैले कसैको थाली?
हो, माढें हुँला कतै कसैको बालि!
सुन,
डग्दैन हात्ती
नाङ्ग्लो हल्लाई हल्लाई
घुस्याहा भन्दैमा तिमीले
लछारपाटो लाग्ने वाला छैन मलाई ।

अनि, भन्दैछु अर्को कुरा
कान खोलेर सून पूरा
किन भन्दैछौ हँ मलाई अपराधी ?
के चलाइदिएको छु तिम्रो भकारी?
खवरदार, नभिराऊ यस्तो बिल्ला
तिमीलाई पनि भाग मिल्ला
हुन त जेजे गर्छौ गर
छुट छ तिम्लाई
अपराधी भन्दैमा
लछारपाटो लाग्ने छैन मलाई ।

उफर् ! के भनौँ !
एउटा पीर भने छँदैछ मनमा
अपसकुन पनि पर्ने गरेका छन्
कहिलेकाहीं मेरो कानमा
“अर्को पटक देखाउँला” भन्ने गर्नुहुन्छ रे तपाईँले
“ढाड सेकाउँला” भन्ने गर्नुहुन्छ रे हजुरले
मेरो बिन्ती महोदय,
अरू जेजे गर्नुछ गर्नुस् तर-
त्यो चैँ नगर्नूस् हजूर
त्यो चैँ नगर्नूस् !
त्यति धेरै क्रूर नबन्दिनूस्
कृपया, यसलाई अर्कोपल्ट
भोट हाल्दिनँ नभन्दिनूस्।

०००
२५ असोज २०८०
मेलवर्न, अस्ट्रेलिया ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
के नाप्छौ ?

के नाप्छौ ?

दुर्गाप्रसाद ग्वालटारे
पक्का हो

पक्का हो

दुर्गाप्रसाद ग्वालटारे
“यो डरायो” भन्नेसँग

“यो डरायो” भन्नेसँग

दुर्गाप्रसाद ग्वालटारे
आए जस्तो भयो 

आए जस्तो भयो 

दुर्गाप्रसाद ग्वालटारे
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल