साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बधाई छ

जिस्केकै होला भनेर मैले पनि जिस्केरै सोधें –‘अरु कुनै खुसखबरी छ कि ?’ ‘यति छिटो हजुरआमा बन्न पाइन्छ त आमा ?’ सर्ट, पाइन्ट, कोट, बुटादिमा सजिएकी युवतीले अलिक लजाएको भावमा भनी ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

‘बधाई सासू हुनुभएकीमा’ एउटी तरुनीको मिठो बोलीले मेरो ध्यान तान्यो । नजर डुलाएँ – असाध्यै राम्रो युवक ।

अलिकति अचम्म पनि लाग्यो, केटाको आवाज पनि केटीजस्तो । कुरो सुनेर अलिकति अनुहार उज्यालो पार्दै ठट्यौली पारामा मुस्कुराएँ मात्र प्रत्युत्तरमा ।

‘सासूमाको मुस्कान क्या दामी !’ मतिर व्यङ्ग्य गर्दै । यसपटक मलाई नै हो भन्ने मनमा पर्यो तर पनि चुपो लागें ।

‘कुनै काम भए दिनुस् आमा, अब हजुरकै घरमा बस्छु म’ भन्दै ढोग्न आएपछि म झस्किएँ गज्जबैसित छोरोलाई देखेर । भख्खर जवान हुँदै गरेको छोरो थियो दुलहीको भेषमा ।
युवती चाहिँ दुलहाको भेषमा हो भन्ने बल्ल थाहा पाएँ ।

‘ए बाबु, के गरेको यस्तो !’ छोरोतिर हेर्दै आश्चर्यको प्रश्न के तेर्स्याएकाे थिएँ, उसले जवाफ दियो –‘सडक नाटकमा बेहुला बेहुली बनी विवाह गर्यौँ । अनि आमालाई आफ्नो कलाकारिताको उदाहरण दिन्छौँ भनी हिँड्यौँ ।’ अहिले उसले पनि खुट्टा ढोग्यो ।

कलाकारहरू जो उमेरले बढी छ, आवश्यकतानुसार उसले त्यसैको भूमिका निर्वाह गर्छन् । युवती अलिक अग्ली र थोरै उमेरले बढी थिई । छोरो चाहिँ अलिक कलिलो । नाटकमा युवतीले बेहुला र छोरोले बेहुली बनेछन् । नाटकको बिहेलाई घरमा भित्र्याएछन् ।

जिस्केकै होला भनेर मैले पनि जिस्केरै सोधें –‘अरु कुनै खुसखबरी छ कि ?’ ‘यति छिटो हजुरआमा बन्न पाइन्छ त आमा ?’ सर्ट, पाइन्ट, कोट, बुटादिमा सजिएकी युवतीले अलिक लजाएको भावमा भनी ।

काटीकुटी बेहुली बनेको छोरो चाहिँ त्यसभन्दा बढी लजायो । दुवै जनाभन्दा बढी लाज मलाई लाग्यो ।
मनमनै मैले आफूलाई भनें – ‘लौ, मलाई बधाइ छ ।’

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
कुत्ताभक्ति

कुत्ताभक्ति

सञ्जय साह मित्र
विवाह विदा र हनिमून प्याकेज

विवाह विदा र हनिमून...

सञ्जय साह मित्र
0
Would love your thoughts, please comment.x
()
x