सञ्जय साह मित्रबधाई छ
जिस्केकै होला भनेर मैले पनि जिस्केरै सोधें –‘अरु कुनै खुसखबरी छ कि ?’ ‘यति छिटो हजुरआमा बन्न पाइन्छ त आमा ?’ सर्ट, पाइन्ट, कोट, बुटादिमा सजिएकी युवतीले अलिक लजाएको भावमा भनी ।

सञ्जय साह मित्र :
‘बधाई सासू हुनुभएकीमा’ एउटी तरुनीको मिठो बोलीले मेरो ध्यान तान्यो । नजर डुलाएँ – असाध्यै राम्रो युवक ।
अलिकति अचम्म पनि लाग्यो, केटाको आवाज पनि केटीजस्तो । कुरो सुनेर अलिकति अनुहार उज्यालो पार्दै ठट्यौली पारामा मुस्कुराएँ मात्र प्रत्युत्तरमा ।
‘सासूमाको मुस्कान क्या दामी !’ मतिर व्यङ्ग्य गर्दै । यसपटक मलाई नै हो भन्ने मनमा पर्यो तर पनि चुपो लागें ।
‘कुनै काम भए दिनुस् आमा, अब हजुरकै घरमा बस्छु म’ भन्दै ढोग्न आएपछि म झस्किएँ गज्जबैसित छोरोलाई देखेर । भख्खर जवान हुँदै गरेको छोरो थियो दुलहीको भेषमा ।
युवती चाहिँ दुलहाको भेषमा हो भन्ने बल्ल थाहा पाएँ ।
‘ए बाबु, के गरेको यस्तो !’ छोरोतिर हेर्दै आश्चर्यको प्रश्न के तेर्स्याएकाे थिएँ, उसले जवाफ दियो –‘सडक नाटकमा बेहुला बेहुली बनी विवाह गर्यौँ । अनि आमालाई आफ्नो कलाकारिताको उदाहरण दिन्छौँ भनी हिँड्यौँ ।’ अहिले उसले पनि खुट्टा ढोग्यो ।
कलाकारहरू जो उमेरले बढी छ, आवश्यकतानुसार उसले त्यसैको भूमिका निर्वाह गर्छन् । युवती अलिक अग्ली र थोरै उमेरले बढी थिई । छोरो चाहिँ अलिक कलिलो । नाटकमा युवतीले बेहुला र छोरोले बेहुली बनेछन् । नाटकको बिहेलाई घरमा भित्र्याएछन् ।
जिस्केकै होला भनेर मैले पनि जिस्केरै सोधें –‘अरु कुनै खुसखबरी छ कि ?’ ‘यति छिटो हजुरआमा बन्न पाइन्छ त आमा ?’ सर्ट, पाइन्ट, कोट, बुटादिमा सजिएकी युवतीले अलिक लजाएको भावमा भनी ।
काटीकुटी बेहुली बनेको छोरो चाहिँ त्यसभन्दा बढी लजायो । दुवै जनाभन्दा बढी लाज मलाई लाग्यो ।
मनमनै मैले आफूलाई भनें – ‘लौ, मलाई बधाइ छ ।’
०००
रौतहट
Subscribe
Login
0 Comments
Oldest







































