साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खवरदार

आज, गुन्द्रीमा सुताएर आफ्नै अगाडि दम्भसारले ग्रसित बर्बराउँदो जेठो छोरोलाई खुवाउने प्रयास गरिरहेको छु नैतिकताको कौडी इमानको चनौटोमा घोटेर । खै बहुरेला ऊ !

Nepal Telecom ad

दुर्गाप्रसाद ग्वालटारे :

खबरदार !
ख्याल राखेस् नि निमुखाको
नत्र पलाउला प्वाँख कमिलाको !
सुनाएको थिएँ उसलाई
बुझ्दै बुझेन उसले
ह्वास्स मुख मात्र गनाइरह्यो ।

ख्याल राखेस् !
लटरम्मै फुल्ला खोल्साको बाँस
बन्द गर् बहुलठ्ठी अट्टहास
कराएको थिएँ उसलाई
सुन्दै सुनेन उसले
छिः अनुहार ठुस्स मात्र बनाइरह्यो ।

अन्तिम पटक भनेको थिएँ
अझै दोर्‍याउँदैछु, सम्झी !
नून खाला है गोरुले झैं माटोले
भड्खालोमा जाक्ला तँ हिँड्ने बाटोले
सचेत गराएको थिएँ उसलाई
सम्झिँदै सम्झिएन उसले
केवल कुरा मात्र चपाइरह्यो ।

सधैँ चिन्तित म बुढी आमा
एकोहोरो भट्भट्याइरहेँ
यिनै सन्तानका विष्टाका छिटा
फरियाबाट टक्टक्याइरहेँ ।

आज,
गुन्द्रीमा सुताएर आफ्नै अगाडि
दम्भसारले ग्रसित
बर्बराउँदो जेठो छोरोलाई
खुवाउने प्रयास गरिरहेको छु
नैतिकताको कौडी
इमानको चनौटोमा घोटेर ।

खै बहुरेला ऊ !

०००
कौसलटार, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
के नाप्छौ ?

के नाप्छौ ?

दुर्गाप्रसाद ग्वालटारे
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x