साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मधेस प्रदेशमा पारिजातको ३१ औँ स्मृतिसभा 

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि शशिकला दाहालले पारिजातसँगै आफू धेरै समय बिताएको र महोतरी धनुषा सिराहा सर्लाही लगायतका जिल्लामा अखिल नेपाल महिला सघको विस्तारका क्रममा बयलगाडा चढेर कैयो दिन तराईका गाउँहरूमा पुगेको बताउनु भयो ।

Nepal Telecom ad

वर्दिबास महोतरी, २०८१ वैसाख ५ । मधेश प्रदेशको महोतरी जिल्ला स्थित बर्दिबासमा बुधबार साहित्यकार स्व. पारिजातको ३१ औं स्मृति सभा सम्पन्न भएको छ ।

प्रगतिशील लेखक संघ मधेश प्रदेशको आयोजनामा भएको सो कार्यक्रम राष्ट्रिय सभाकी पूर्व उपाध्यक्ष सशिकला दाहालको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि शशिकला दाहालले पारिजातसँगै आफू धेरै समय बिताएको र महोतरी धनुषा सिराहा सर्लाही लगायतका जिल्लामा अखिल नेपाल महिला सघको विस्तारका क्रममा बयलगाडा चढेर कैयो दिन तराईका गाउँहरूमा पुगेको बताउनु भयो ।

राजनीतिमा भन्दा साहित्यमा बढी चिनिनु भएकी पारिजातको राजनीतिमा राम्रो प्रभाव रहेको र राजधानीमा रहँदा बस्दा पनि लेखन र राजनीतिलाई सँगसँगै लिएर हिडेको आफुले पाएको राष्ट्रिय सभा पूर्व उपाध्यक्ष दाहालले बताउनु भयो ।

यसैगरी कार्यक्रमका विशिष्ट अतिथि भरतपुर महानगरपालिका प्रज्ञा प्रतिष्ठानका उप कुलपति इन्द्रप्रसाद रेग्मीले पनि पारिजातसँग आफूहरूले धेरै पटक कार्यक्रम गरेको स्मरण गर्दै पञ्चायतकालमा चितवनमा तत्कालिन शासकहरूले कार्यक्रम गर्न नदिदा रेयुकाईको भवनमा कार्यक्रम गर्नु परेको र रातीको समयमा पेट्रोलमेक्स बालेर गाउँमा साहित्यिक कार्यक्रम गर्नु परेको तत्कालिन अवस्थाको रमाइलो प्रसङ्गहरू सुनाउनु भएको थियो ।

यसैगरी प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय सदस्य जीवन स्पर्शी पारिजातको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पर्नुभएको थियो भने समाजसेवी तुलशी प्रसाद ढुङ्गाना, शिक्षाविद् नारायण विक्रम थापा, पूर्व शिक्षक तथा साहित्यकार केदार कोइराला, आधारशीला गौरीडाँडा महोत्तरीका सदस्य माधव कोइराला, नेकपा (विप्लव) महोत्तरीका सचिव राजन सी लगाएतका महानुभावहरूले पारिजातको साहित्यिक, सामाजिक र राजनीतिक भूमिकाको बारेमा चर्चा गर्दै उहाँको जीवन दर्शनबाट आजको समाजले धेरैकुरा सिक्न आवश्यक रहेको बताएका छन् ।

प्रगतिशील लेखक सङ्घ नेपाल, मधेस प्रदेश समितिका अध्यक्ष नारायण घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन यस समितिका सचिव भिमकुमार राउतले गरेका थिए । कार्यक्रममा शुभेच्छा घिमिरे, लम्बोदर काफ्ले, भारतको सितामाढी क्षेत्रका जनवादी लेखक संघका जिल्ला कोषाध्यक्ष कमरूद्दिन नदाफ, नारद काफ्ले, पूजा महतो, सुप्रिया बस्नेत, पूर्णिमा आले, पवित्रा मगर, फुलगेन मगही, उषा तिवारी, विमला विक, नीरप्रसाद शर्मा लगाएतले पारिजात विशेष रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा राजन ढुङ्गाना, हेमसागर वाग्ले, विपिराज दहाल, नारद, सौरभ खड्का, लिलानाथ गौतम, रोजी फुयाल, सुमन सारङ्गी, रमेश खड्का, नेत्र रम्तेल, खड्ग बस्नेत, अग्नि कवच, राम मिलन, विपुल बिद्रोही, जनक पौडेल सुनिता वराल लगाएत विद्यार्थी भाइबहिनी हरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

श्री जनता मा वि गौरीडाँडाको सभाहलमा आयोजना गरिएको कार्यक्रमको अध्यक्षता गरेका नारायण घिमिरेले उपस्थिति सम्पूर्णलाई धन्यवाद ज्ञापन गरि सभा समापन गरेका थिए ।

०००
– माधवप्रसाद गोज्याङ्ग्रेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x