साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भएको छ

सधैँ हार्‍यो बगैँचामा माहुरीको घारले जित्ने चाहिँ अरिङ्गलको गोला भएको छ ।

Nepal Telecom ad

दुर्गाप्रसाद ग्वालटारे :

विकास हुँदै धार्नी अचेल तोला भएको छ
मेरो मुलुक वृन्दावनको झोला भएको छ ।

स्वप्न देखें झुपडी होस् नीर कुण्ड छेउ
ब्युँझिँदा पो आँगन छेउ खोला भएको छ ।

सधैँ हार्‍यो बगैँचामा माहुरीको घारले
जित्ने चाहिँ अरिङ्गलको गोला भएको छ ।

प्रयोगशाला बन्न गयो बुझिनसक्नुको
परिक्षणमा नेपालीको चोला भएको छ ।

हिजो होला होला भयो लाग्यो लछारपाटो
आज फेरि केही होलाहोला भएको छ ।

०००
कौसलटार, भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
के नाप्छौ ?

के नाप्छौ ?

दुर्गाप्रसाद ग्वालटारे
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
0
Would love your thoughts, please comment.x
()
x