साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के नाप्छौ ?

इष्टमित्र सबैले दिएकै छन् साथ अप्ठेरो परोस् त, कति माथि पर्छन् मेरा हात ! तिमी भने, महिनाभरि पसिना बगाउँछौ र एकदिन हात थाप्छौ देखेका छौ मैले थापेको ? हो, झोले नै हो म, के नाप्छौ ?

Nepal Telecom ad

दुर्गाप्रसाद ग्वालटारे :

साथी, मलाई चिनेका छौ तिम्ले
राम्रोसँग चिन्छु म तिम्लाई भने
मलाई सोध्छौ तिम्रो बारेमा ?
तिमी नामर्द हौ, बेवकुफ स्वाँठ
स्कुल कलेजमा सरस्वति पुज्यौ तिमीले
किन खोजिखोजी पुजेँ मैले लक्ष्मीलाई,
अब बुझ्यौ ?
झोले भन्छौ तिमी र तिमी जस्ताले मलाई
आजकल,
सधैँ तिमी ऋणमाथि ऋण खाप्छौ
हेरेका छौ मेरो छलाङ् ?
हो, झोले नै हो म, के नाप्छौ ?

हिउँदैपिच्छे डराउँछौ
जाडोले ककर्किन्छौ तिमी
जाडोमा रपक्किन्छु म
अग्राखका मुढा जोत्छु म
तिमी झिक्रा बटुली ताप्छौ
भनन, जत्ति भन्छौ भन
हो, झोले नै हो म, के नाप्छौ ?

थाहा छ, हुनेहरूको हो संसार
नहुनेका लागि मात्र हो बेकार
हेर त मलाई
इष्टमित्र सबैले दिएकै छन् साथ
अप्ठेरो परोस् त,
कति माथि पर्छन् मेरा हात !
तिमी भने, महिनाभरि पसिना बगाउँछौ
र एकदिन हात थाप्छौ
देखेका छौ मैले थापेको ?
हो, झोले नै हो म, के नाप्छौ ?

देखेकै हौला मेरो तरक्की
बानी- बेहोर छ कति हक्की !
सोझै कहाँ हेर्छन् ?
आँखा कर्काउँछन् मान्छे
सोचेर मात्रै
जवाफ फर्काउँछन् मान्छे
कहिल्यै सोचेका छौ ?
घुम्ने मेचमा बसी मैले करोडौँ छाप्दा
पसिना बेचेर तिमी सय पचास छाप्छौ
हो, झोले नै हो म, के नाप्छौ ?

०००
पुस १८, २०८०
कौशलटार, भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x