साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमाको पुकार

खै ! के देख्यौ कुन्नि पैसामा मात्र सुख म त अनुभूत गर्छु माया, ममता, स्नेह सहारामा सुखानुभूती भो ! छोरा फर्क त्यहीँबाट फर्क ।

Nepal Telecom ad

गोपेन्द्रप्रसाद रिजाल :

भो छोरा !
विदेश नजाउ
सुनेकी छु
तिमी हुनुको अर्थ
आफू हुनुको गर्व
विमानस्थलमै
कायेन वाचा गर्नु पर्छ रे
त्यहाँ त तिमी
यन्त्रमानव बन्छौ रे
त्यहाँ,
कुकुर बिरालोको
बढेमान इज्जत छ रे
घोडा, उँट र भेडाहरूको
अस्तित्व छ रे
तर तिमी
अस्तित्व विहीन
परिचय बन्नु खोज्छौ रे
तर सक्दैनौ रे ।

ए ! बा…
ए ! आमा… भन्न
मेरा नाति नातिनिले सिक्नु पर्छ
तुलसीको बोटमा पानी चढाएर
पीपलको रुखमा धागो बाँधेर
रक्षा कवचको अनुभूति
नाति नातिनिले पाउनु पर्छ
साकेला
चण्डिनाच
धाननाच
बालुन, सँगिनी
सेलो, डम्फुनाच
केही छैन रे त्यहाँ
सुन्छु त्यहा त
तिमी र बुहारिको प्रेम
लगनगाँठोको सम्बन्ध
भुसुक्कै बिर्सनु पर्छ रे
पैसा पैसा भन्दै निदाउनु
र, पैसा पैसामै बिउँझनु पर्छ रे
हाम्रो मन्त्र त
परोपकार पूण्याय हो
अतिथी देवो भव
वसुधैव कुटुम्बकम हो
त्यहा त
बाटोमै लड्यौ भने
काख थाप्ने कोहि हुन्न रे

तिम्रा बाले
यो लोक छोड्ने बेला
आमालाई दुख नदिनु है !
भनेको वाणी बिस्र्यौ र?
सुन त
अहिले मेरो छात्ती
भाटीजस्तै स्वाँ स्वाँ भको
हेर त
लौरो समाउने हात काँपेर
लौरो समाउनै पुग्दैनन् ।

खै ! के देख्यौ कुन्नि
पैसामा मात्र सुख
म त अनुभूत गर्छु
माया, ममता, स्नेह
सहारामा सुखानुभूति
भो ! छोरा फर्क
त्यहीँबाट फर्क
सुन्दैछु अचेल त
तिमी नोकर बन्न
योग्य छौ कि अयोग्य
तिमी सहारा हो कि
बेसहारा हो
तिम्रो छातीमा लागेको
गोलीले निर्धारण गर्छ रे
तिमी त मेरो रगत
म मेरै रगत
बिना अर्थ बगेको
कसरी थाम्न सक्छु र ?
भो ! फर्क
म तिम्रोलागि बाँचेकी आमा
तिमी पनि मेरो लागि बाँच न है !
देश बोल्छ ।

०००
मैतीदेवी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x