प्रश्न गर्छ
किन वञ्चित गर्यौ मेरा सेवाग्राहीहरूलाई ? पशुपतितिर फर्की जेल-नेल प्रश्न गर्छ ।
दुर्गाप्रसाद ग्वालटारे :
राँक्किँएर छिनछिनमा समय अचेल प्रश्न गर्छ
कम्ताको छु म नि भन्दै नुनतेल प्रश्न गर्छ ।
पुर्खौं देखि साँचिएका संस्कृति र कलाहरू
यहिँ थिए कहाँ गए भनी बुइँगेल प्रश्न गर्छ ।
राष्ट्रप्रेमी मात्र सक्थे छिर्न मेरो हाताभित्र
अचेल अरू पस्छन् किन टुँडिखेल प्रश्न गर्छ ।
किन वञ्चित गर्यौ मेरा सेवाग्राहीहरूलाई ?
पशुपतितिर फर्की जेल-नेल प्रश्न गर्छ ।
ग्वालटारका कुँडा कर्कट देखेपछि आँखा तर्दै
“ग्वालटारे” लाई सुनकोसीको उर्लँदो भेल प्रश्न गर्छ ।
०००
२०८१ भाद्र ९
कौसलटार, भक्तपुर ।
Subscribe
Login
0 Comments
Oldest