फित्काैली डटकमज्येष्ठ नागरिकहरूका लागि दर कार्यक्रम सम्पन्न
ज्येष्ठ नागरिकहरूका लागि यातायात सुविधा सहित रेस्टुरेन्टमै लगेर विभिन्न प्रकारका इटालियन खानाका परिकारहरूका साथै साङ्गीतिक वातावरणमा रमाउने अवसर प्रदान गरेको थियो ।

काठमाडौं, २०८१ भदौ २१ । काठमाडौंको ठमेलमा रहेका टिज् इयोर प्यालेट र सिज्ञीली बाइ टिज् नामक रेस्टुरेन्टले संयुक्त रुपमा हिमालय वृद्धाश्रम केन्द्र गोङ्गबुमा बस्दै आएका ५६ जना ज्येष्ठ नागरिकहरू तथा केन्द्रका कर्मचारीहरूका लागि दर कार्यक्रमको आयोजना सम्पन्न गरेका छन् ।
रेस्टुरेन्टले सहज रुपमा यात्रा गर्न सक्ने ज्येष्ठ नागरिकहरूका लागि यातायात सुविधा सहित रेस्टुरेन्टमै लगेर विभिन्न प्रकारका इटालियन खानाका परिकारहरूका साथै साङ्गीतिक वातावरणमा रमाउने अवसर प्रदान गरेका थिए ।
सहज रुपमा यात्रा गर्न नसक्ने ज्येष्ठ नागरिकहरूका लागि भने प्याकिङ खाना तयार पारिदिएको थियो भने उपस्थित अधिकांश ज्येष्ठ नागरिकहरूले जीवनमा पहिलो पटक यस्तो ठाउँ र खानाको अनुभव गरेको बताउनु भएकाे थियाे ।
स्वादिष्ट इटालियन परिकारसँगै नाच्न र गाउन पाउँदा धेरै खुसी लागेको बताउँदै सम्पूर्ण ज्येष्ठ नागरिकहरूले आयोजकप्रति आभार व्यक्त गरेका थिए ।
रेस्टुरेन्ट सञ्चालक मध्येका एक सञ्चालक दिवश तुलाधरले आश्रममा बसिरहेका ज्येष्ठ नागरिकहरूका लागि केही समय भए पनि फरक अनुभूति र अनुभव होस् भनेर तथा आफ्ने सामाजिक दायित्व अनुरुप ज्येष्ठ नागरिकहरूका केही भरक गरौँ भन्ने सोचले गर्दा यस्तो कार्यक्रम गरेको बताउनु भयो ।
कार्यक्रममा उपस्थित हिमालय वृद्धाश्रम केन्द्रकी अध्यक्ष सरला पन्थीले यो कार्यक्रमबाट समाजमा सकारात्मक सन्देश जाने कुरा उल्लेख गर्दै आयोजकलाई धन्यवाद प्रकट गर्नुभयो ।
कार्यक्रममा एजिङ नेपालकी कार्यक्रम निर्देशक पवित्रा अधिकारीको पनि उपस्थिति रहेको थियो । उहाँले आफ्नै घर परिवार र समाजबाट अपहेलित ज्येष्ठ नागरिकहरूका लागि दुवै रेस्टुरेन्ट परिवारले प्रस्तुत गरेको आतिथ्यता, आत्मियता र सत्कारले समाजमा ज्येष्ठ नागरिकलाई हेर्ने हेराइ परिवर्तन गर्नमा सहयोग पुग्ने बताउनु भयो ।
अन्य रेस्टुरेन्ट सञ्चालकहरू रुसका तुलाधर ससांक तुलाधर तथा आयुस तम्राकारले भावी दिनमा पनि व्यावसायिक यात्रासँगै सामाजिक कार्यमा लागिरहन अझै प्रेरणा र हौसला मिलेको बताउनु भयो ।
कार्यक्रमको अन्त्यमा आयोजकको तर्फबाट तर्फबाट रु.१५,००० को चेक हिमालय वृद्धाश्रम केन्द्रकी अध्यक्ष सुरला पन्थीलाई हस्तान्तरण गर्नुभएको थियो ।
०००
– चट्याङ मास्टरकाे साैजन्यमा प्रेषित ।
Subscribe
Login
0 Comments
Oldest





































