फित्काैली डटकमअभिनवको शुभकामना आदानप्रदान विशेष कवि गोष्ठी
अभिनव साहित्य समाजले २६० औ मासिक शृङ्खलाअन्तर्गत शुभकामना आदानप्रदान विशेष कवि गोष्ठी सम्पन्न गरेको छ ।

काठमाडौ, २०८० असोज २७ । अन्तिम शनिबार अभिनव साहित्य समाजले २६० औ मासिक शृङ्खलाअन्तर्गत शुभकामना आदानप्रदान विशेष कवि गोष्ठी सम्पन्न गरेको छ ।
संस्कृतिविद् शीतल गिरीको प्रमुख आमन्त्रितत्व र मन्तव्य र निर्मलरमण पराजुलीको विशेष आमन्त्रण र मुक्तक वाचन, शारदा पराजुलीको उद्घोषण र रचना वाचन, मेनका पोखरेलको स्वागत मन्तव्य र परशुराम पराजुलीको समीक्षा रहेको थियो ।
रचना वाचन, समाजका उपाध्यक्ष विमल अर्यालको सभापतित्व र रचना वाचन र समाजको अध्यक्ष गोविन्दप्रसाद घिमिरे वेदमणिद्वारा धन्यवाद ज्ञापन र रचना वाचनमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कवि गोष्ठीमा सहभागीहरूमध्ये सृजना पन्त, भावना न्यौपाने र श्री गीता बरालको रचनालाई उत्कृष्ठ वाचन गरेवापत प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।
अन्य सहभागीहरूमा सुशील आचार्य, तृष्णा श्रेष्ठ, ठाकुरप्रसाद खतिवडा, सीताराम पोखरेल, बुद्धिसागर पौडेल, बी.पी. इलामे, सुमन पुडासैनी, घनश्याम प्रसाई, बद्रीप्रसाद सुवेदी, रत्ननिधि रेग्मी शुक्राचार्य, बाजुराम पौडेल, गायत्री ढकाल, प्रदीपरत्न शाक्य, रामचन्द्र खतिवडा, गोपाल रिजाल, वसन्त रिजाल र हरिप्रकाश पुडासैनीलगायत ३५ जना रहनुभएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest






































