फित्काैली डटकमभेषजराज साहित्य प्रतिष्ठानको ६७ औँ रचनावाचन
साहित्यकार डा. अग्नि काफ्लेको प्रमुख आतिथ्यमा सञ्चालन गरिएको उक्त कार्यक्रममा TITI का पूर्व निर्देशकद्वय खेमराज काफ्ले र दुर्गाप्रसाद उपाध्यायको विशेष उपस्थिति रहेको थियो ।

स्याङ्जा, २०८० मङ्सिर २७ । भेषजराज साहित्य प्रतिष्ठानले बुधबार एक एक कार्यक्रम गरी नियमित रचनावाचनको ६७ औँ शृङ्खला सम्पन्न गरेको छ ।
शिक्षाविद् एवम् CTEVT क पूर्व सचिव साहित्यकार डा. अग्नि काफ्लेको प्रमुख आतिथ्यमा सञ्चालन गरिएको उक्त कार्यक्रममा TITI का पूर्व निर्देशकद्वय खेमराज काफ्ले र दुर्गाप्रसाद उपाध्यायको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार डा.अच्युतशरण अर्यालले नेपाली बालसाहित्य सृजना र समीक्षा विषयक अवधारणा पत्र प्रस्तुत गर्नुभयो भने अर्का सल्लाहकार एवम् पूर्व मेयर दिलीपप्रताप खाँणले स्व. भेषजराज शर्माको साहित्यिक एवम् शैक्षिक व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा दमकला बगाले, लेखनाथ काफ्ले, शम्भु अर्याल, राचन्द्र केसी, पूर्व जनप्रतिनिधि अनन्त पङ्गेनी लगायतले आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका उपाध्यक्ष विष्णुप्रसाद अर्यालले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सचिव श्यामप्रसाद ढुङ्गानाले गर्नुभएको थियाे ।
०००
Subscribe
Login
0 Comments
Oldest





































