फित्काैली डटकमदुई स्रष्टाका पाँच कृति एकै साथ लोकार्पित
श्रीराम पौडेलको अध्यक्षतामा सञ्चालित एक भव्य कार्यक्रमका बिच प्रमुख अतिथि माननीय शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिलाकुमारीले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गर्दै कृति लोकार्पण गर्नुभएको हो ।

लुभु, ललितपुर २०८० पुस १ । महालक्ष्मी साहित्य समाज, लुभुको आयोजनामा आज दुईजना साहित्यकारहरूका पाँच कृति एकसाथ सार्वजनिक गरिए ।
समाजका अध्यक्ष श्रीराम पौडेलको अध्यक्षतामा सञ्चालित एक भव्य कार्यक्रमका बिच प्रमुख अतिथि माननीय शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिलाकुमारीले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गर्दै कृति लोकार्पण गर्नुभएको हो ।
उहाँले मन्तव्यका क्रममा साहित्यले समाजलाई मार्गनिर्देश गर्ने भएकाले यसको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो ।
संस्थाका सचिव वासु गौतमले सञ्चालन गर्नुभएको सो कार्यक्रममा वरिष्ठ साहित्यकार भक्तबहादुर नेपालीद्वारा लिखित पारू उपन्यास, जन्मभूमिको सम्झना खण्डकाव्य, आफ्नै कथा आफ्नै व्यथा खण्डकाव्य र हाम्रो वर्तमान वर्तमान खण्डकाव्य तथा अर्का लेखक आनन्दलाल श्रेष्ठद्वारा लिखित बाटो विपरीतको नाटक लोकार्पित भएका हुन् ।
लोकार्पित कृति बारेमा साहित्यकार जीवनाथ अधिकारी, प्राडा जीवेन्द्रदेव गिरी, साहित्यकार डा बालचन्द्र मिश्र, साहित्यकार नरनाथ लुइँटेल तथ कलाकार सुशील पोखरेलले समीक्षा गर्नुभएको थियो ।
महालक्ष्मी नगरपालिका वडा नं ८ र ९ का वडाअध्यक्षहरूले समेत शुभकामना दिइएको उक्त कार्यक्रममा कृतिकार भक्तबहादुर नेपालीले लेखकका समस्या उजागर गर्दै आफ्नो लेखनयात्राका बारेका जानकारी गराउनुभयो ।
सभापतिका आसनबाट श्रीराम पौडेलले महालक्ष्मी साहित्य समाजका गतिविधिबारे जानकारी गराउँदै उपस्थित सबैलाई धन्यवाद ज्ञापनका साथ कार्यक्रम समापन गर्नुभएको थियो ।
कार्यक्रम लुभु तल्लो दोभान खानेपानी आयोजनाको सभाहल, देवीस्थान, लुभुमा सम्पन्न भएको थियो ।
०००
– जीवनाथ अधिकारीद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest







































