साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लेखनाथ पुस्तकालयकाे साधारण सभा, कृष्ण सुवेदी सभापति

झापा सदरमुकाम चन्द्रगढीमा वि.सं २०३७ सालमा स्थापना भई निरन्तर सञ्चालनमा रहेको पुस्तकालयको दुई वर्षे कार्यकालका लागि निराकार नेतृत्वमा सर्वसम्मत समिति गठन भएको हो ।

Nepal Telecom ad

भद्रपुर, ०८० पुस १ । लेखनाथ पुस्तकालय चन्द्रगढीको ३८ औँ साधारण सभाले कवि कृष्ण सुवेदी निराकारको सभापतित्वमा ११ सदस्यीय नयाँ समिति गठन गरेको छ ।

झापा सदरमुकाम चन्द्रगढीमा वि.सं २०३७ सालमा स्थापना भई निरन्तर सञ्चालनमा रहेको पुस्तकालयको दुई वर्षे कार्यकालका लागि निराकार नेतृत्वमा सर्वसम्मत समिति गठन भएको हो ।

समितिको उपसभापतिमा खगेन्द्रा खुसी, सचिव हरिकिशोर आचार्य, सहसचिव उषा गुरूङ र कोषाध्यक्षमा गोविन्द कोइराला सर्वसम्मत चयन भएका हुन् ।

यसैगरी, सदस्यहरूमा क्रमशः निर्मला बास्तोला दङ्गाल र जनार्दन उप्रेती निर्वाचित भएका छन् भने बाँकी ४ जना सदस्य समितिले मनोनयन गर्नेछ ।

पुस्तकालयका कार्यवाहक सभापति हरिप्रसाद न्यौपानेको सभापतित्व तथा प्राध्यापक डाक्टर गङ्गाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न सभामा भाषाविद् चूडामणि रेग्मी, पुस्तकालयका संस्थापक अध्यक्ष डिल्लीराम खतिवडा, सहप्राध्यापक चूडामणि वशिष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

गोपाल आचार्यले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सचिव हरिकिशोर आचार्यले राखेका थिए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x