साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसले गर्दा लोकतन्त्र फेल भयो ?

सुगन्धित पवन बनी उड्नु पर्थ्यो लोकतन्त्र मुखियाको कपालमा मगमगाउने तेल भयो ।

Nepal Telecom ad

कृष्णप्रसाद गौतम :

निर्धालाई शकुनिले रचाएको खेल भयो
बडालाई लोकतन्त्र समृद्धिको रेल भयो ।

शिल्प भर्ने हातहरू विचल्ली छन् विदेशमा
दिन गन्छन् वृद्धवृद्धा घरआँगन जेल भयो ।

ङ्यार्र्ङुर्र सधैँ ढाडे भाग ठूलो तान्नलाई
कठै प्यारो लोकन्त्र बाँदरलाई सेल भयो ।

फल पाक्छ आकाशमा मात्र हेरी रम्नु पर्ने
दुःखीलाई लोकतन्त्र कागलाई बेल भयो ।

सुगन्धित पवन बनी उड्नु पर्थ्यो लोकतन्त्र
मुखियाको कपालमा मगमगाउने तेल भयो ।

मकैबारी छिरे भालु भोकभोकै परे कालु
भन आज कसले गर्दा लोकतन्त्र फेल भयो ?

०००
इटहरी, सुनसरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा अझै सुरक्षित छैनन्

आमा अझै सुरक्षित छैनन्

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
कसरी पत्याउँ ?

कसरी पत्याउँ ?

कृष्णप्रसाद गाैतम
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x