साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गजलशिल्पी सुशीला शर्मा धमालाको एकल गजलवाचन

मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल,काठमाडौँ आयोजक रहेको उक्त कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष कलानिधि दाहालको सभापतित्व र सङ्गीत कला प्रतिष्ठानका उपकुलपति शम्भु राईको प्रमुख आमन्त्रित आतिथ्यता रहेकाे थियाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८० पुस २१ । राष्ट्रिय नाँचघर जमलको सभाकक्षमा ओखलढुङ्गाकी स्वरसुन्दरी गद्य/पद्य मुक्तकजस्ता विधाप्रविधासमेतमा सशक्त कलम चलाउँने सुशीला शर्मा धमालाको एकल गजलवाचन भव्य रूपमा सम्पन्न भयो।

मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल,काठमाडौँ आयोजक रहेको उक्त कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष कलानिधि दाहालको सभापतित्व, सङ्गीत कला प्रतिष्ठानका उपकुलपति शम्भु राईको प्रमुख आमन्त्रित आतिथ्य, कवि रूपक अलङ्कारको रोचक सञ्चालन रहेकाे थियाे ।

कार्यक्रममा वािचत गजलहरूमाथि ज्ञानु विद्रोहीले सटिक समीक्षा गर्दै सुशीलाका गजलहरू अत्यन्त प्रभावपूर्ण रहेकाे बताउनु भयाे ।

भरत नेपालीको सारङ्गी, दुर्गाप्रसाद खतिवडाको बाँसुरी, लोकराज राईको सन्तुर बाद्यवादनले रोचकता उत्पन्न गरेकाे थियाे भने रामभजन कामत र मिलन नेपालीको नयाँ रङ्गमञ्च व्यवस्थापनले अन्तिमसम्म भरिभराउ दर्शक श्रोता रहेका थिए।

मञ्चको नयाँ सजावट शैली र वाचकको आकर्षक वाचनले एक घन्टामा सक्ने भनेको कार्यक्रम गड्गडाहट तालीका साथ दुई घन्टा थाहा नै नपाई बित्यो।

एकल गजलसाँझको आकर्षणमा नौ वटा वाचित गजलमध्ये सातवटा स्रष्टा ओखलढुङ्गे चेली सुशीला आफैँले र दुईवटाचाहिँ सरस्वती अर्याल र कल्पना भट्टराईद्वारा प्रस्तुत गरिएका थिए।

यस अवसरमा सुशीलाका श्रीमान् अनुपम शर्मा र सुशीलाकी वृद्ध आमा विष्णुमाया धमालाको समेत उपस्थिति रहेकाे थियाे ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x