नीलहरि काफ्लेशहर बजारतिर
जीवन बाँच्न घर छोड्दा, मृत्यु किन्यो उसले लाशको बाकस बन्द आयो, शहर बजारतिर ॥

नीलहरि काफ्ले :
कुसंस्कारको गन्ध आयो, शहर बजारतिर ।
मारामारको छन्द आयो, शहर बजारतिर ॥
अंश बेची वंश जोड्ने, सपना हुदाँ अचेल
हंशै मेट्ने दण्ड आयो, शहर बजारतिर ॥
जीवन बाँच्न घर छोड्दा, मृत्यु किन्यो उसले
लाशको बाकस बन्द आयो, शहर बजारतिर ॥
झोली थापी बालुवाटारमा, माग्दै छ त कोही
गिद्धे साधु सन्त आयो, शहर बजारतिर ॥
०००
सिन्धुली
Subscribe
Login
0 Comments
Oldest







































