साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली काव्य (शृङ्खला-३७)

कोठो त्यो परिपूर्ण पार्छु गहुँले जाँतो छ आफ्नै घर । पिँध्ने गर्छु शनैः शनैः रहरले आलस्य फाल्दै पर ? मेरो नाति फुरुक्क हुन्छ घरमा रोटी बनाईदिँदा छोराले पनि मान्छ यो हितकरी खाना सदा सर्वदा ॥

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

आमाले सुखदुःख कारकपला भोग्दै भएका जति ।
हुर्काइन् कृषिकर्ममा रत भई सन्तान आफ्ना कति ॥
फालिन् वर्ष वसन्त आत्मबलले लड्दै पचासी पर।
कुट्दै छिन् गहुँ आजसम्म दिलमा, कत्रो ठुलो जाँगर ॥२०८ ॥

केही छैन विडम्बना हृदयमा हो सृष्टि मेरो सब
जेजस्तो अघिको छ कार्यसँगमा छुट्दैन यो सम्भव ।
छन् सन्तान विदेशमा कति जना सामीप्यमा छन् कति ।
भन्छिन् व्यस्त शरीर राख्नु छ सदा गर्दै सकेको जति ॥२०९॥

सारा यी मुटुका अशेष जति छन् राम्रो समालून् पथ ।
आजैबाट म रोक्न सक्दिन कतै यो जिन्दगीको रथ ॥
पेशा हो अघिको रमाउँछु यतै, चाल्दै सदा पाखुरा ।
मान्छन् खान पुडी मिठास घरका सम्पूर्ण मेरा भुरा ॥२१०॥

कोठो त्यो परिपूर्ण पार्छु गहुँले जाँतो छ आफ्नै घर ।
पिँध्ने गर्छु शनैः शनैः रहरले आलस्य फाल्दै पर ?
मेरो नाति फुरुक्क हुन्छ घरमा रोटी बनाईदिँदा
छोराले पनि मान्छ यो हितकरी खाना सदा सर्वदा ॥२११॥

धेरै दुःख भयो सकिन्न यसरी भन्छिन् बुहारी तर ।
केही कामविना बसेर घरमा आनन्द के मिल्छ र ?॥
यस्तै कार्य गरी कयौँ अघि बिते हाम्रा पुरानाजन ।
आमाका जति बात छन् हितकरी सम्पूर्ण दिग्दर्शन ॥२१२॥

(क्रमशः)
०००
२०८०/६/१६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

देवीप्रसाद मिश्र
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x