साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अरनिको स्मृति दिवसका अवसरमा कलाकार सम्मानित

नेपाल व्यावसायिक कलाकार संघद्वारा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार हरिप्रसाद शर्मा, विजय थापा, सन्तकुमार शाक्य, श्यामबहादुर श्रेष्ठसहित १५ जना सम्मानित तथा पुरस्कृत भएका हुन् ।

Nepal Telecom ad

काठमाडाैं, २०८० पुस २४ । राष्ट्रिय विभूति अरनिको स्मृति दिवसका अवसरमा कलाकार र कलालेखकहरू सम्मानित तथा पुरस्कृत भएका छन् । काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डङ्गोलको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सम्पन्न स्रष्टाहरू सम्मानित भएका हुन् ।

नेपाल व्यावसायिक कलाकार संघद्वारा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार हरिप्रसाद शर्मा, विजय थापा, सन्तकुमार शाक्य, श्यामबहादुर श्रेष्ठसहित १५ जना सम्मानित तथा पुरस्कृत भएका हुन् ।

सोही समारोहमा कलालेखक ज्ञानेन्द्र विवशलाई ‘नारायणदेवी कलालेखन पुरस्कार’ प्रदान गरिएको थियो ।

त्यसैगरी, मूर्तिकलामा लक्ष्मण भुजेल, चित्रकलामा सुजनवीर बज्राचार्य, ग्राफिक डिजाइनमा प्रकाश थापा ‘प्रथा’लगायत मोफसलका कलाकारहरू महेन्द्र राई, गणेश लामा ‘आँसु’, श्रवणकुमार चौधरी आदिलाई उपमेयरले सम्मानपत्रसहित पुरस्कार प्रदान गरेकी थिइन् ।

उपमेयर डङ्गोलले पुरस्कारदाताहरुलाई राष्ट्रिय विभूति अरनिको आकृति अङ्कित मायाको चिनो पनि प्रदान गरेकी थिइन् । कलाकारहरुलाई सम्मानपत्रसहित नगद राशिको शैली र फूलमाला अर्पण गरिएको थियो । विभिन्न दाताहरुले स्थापना गरेको १५ वटा पुरस्कार तथा सम्मान १५ जना कलासर्जकहरुलाई सोही समारोहमा प्रदान गरिएको थियो ।

कार्यक्रममा संघका अध्यक्ष आईबि मल्ल, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, भोला पौडेल, रोशन श्रेष्ठले आ–आफ्नो मन्तव्य प्रकट गरेका थिए । पुरस्कृतहरुका तर्फबाट कलाकार लक्ष्मी लामिछानेले आभार प्रकट गरेकी थिइन् ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x