साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फाल्दै छ नाना पनि

गोलीकै सुविधा हिजोसरि यहाँ पाइन्छ खाने भए यात्रा मिल्छ मसान घाटतिरको मौका छ जाने भए ल्यायौँ तन्त्र नयाँ बडो गजबको चाहिन्न खाना पनि नाङ्गै वस्त्र विहीन रम्छ युग यो फाल्दै छ नाना पनि ।

Nepal Telecom ad

बिन्दु दहाल मूकदर्शक :

बोलीमै कर भ्याट लाग्दछ भने लागोस् सधैँ बोल्दछु
बाटो रोक म हिँड्छु हिँड्छु सजिलै साँचो कुरा खोल्दछु
यो कस्तो गणतन्त्र हो गजबको गोही अघाएपछि
रोई झार्छ तरक्क अश्रु जहिले माला लगाएपछि ।

छेपारा कति पाल्दछौ मुलुकमा खोली नयाँ फर्ममा
केही कामबिना सिनित्त ढुकुटी पारी जुट्यौ कर्ममा
पाली स्याल हुँडार यी सलहले समृद्धि के ल्याउँछौ
पोचो यो गणतन्त्रमा अब तिमी के गीत पो गाउँछौँ ।

बेची आज युवा कतार सिरिया खाडी र अष्ट्रेलिया
पार्छौ खालि दिमागमा हरघडी बाक्लो तृषाको खिया
बोकाको छ रजाइँ गाउँ घरमा उत्पात चर्को गरी
आशा छैन कुनै उमङ्ग मनमा रुन्छिन् धरा बेस्सरी ।

अड्डाबाट निसाफ साफ गरिँदा निर्धाहरू मर्दछन्
झुट्टा कौरवले जतै मुलुकमा काँडाहरू छर्दछन्
पैसा बोल्छ अझै अदालतहुँदो धिक्कार यो तन्त्रमा
लाई लाग्छ सधैँ किरा र धमिरा निःस्वार्थका मन्त्रमा ।

गोलीकै सुविधा हिजोसरि यहाँ पाइन्छ खाने भए
यात्रा मिल्छ मसान घाटतिरको मौका छ जाने भए
ल्यायौँ तन्त्र नयाँ बडो गजबको चाहिन्न खाना पनि
नाङ्गै वस्त्र विहीन रम्छ युग यो फाल्दै छ नाना पनि ।

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
हामी

हामी

बिन्दु दहाल ‘मूकदर्शक’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x