साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

हिजोआज मान्छे किन यति भ्रष्ट छ ? मान्छेबाटै मान्छे किन यति त्रस्त छ ? समयले अन्तरिक्ष उडान भरिसक्यो हाम्रो समाज अझै पनि रूढिग्रस्त छ ।

Nepal Telecom ad

दीपक गौतम :

१.
हिमाल सोध्छ- मेरो उचाइ कसले ढलाउँदै छ ?
पहाड सोध्छ- मेरो पाखो कसले जलाउँदै छ ?
अपमानको घुट्का मैलाई किन ? सोध्छ तराई
भन सरकार यो देश मेरो कसले चलाउँदै छ ?

२.
लिपुलेक कसको भन ? कालापानी कसको ?
वैरीसँग लड्ने प्यारो नालापानी कसको ?
छिमेकीले जङ्गेपिल्लर वारि सारिसक्दा
हिसाब गर्दै बस्छ सरकार लाभहानि कसको ?

३.
हिजोआज मान्छे किन यति भ्रष्ट छ ?
मान्छेबाटै मान्छे किन यति त्रस्त छ ?
समयले अन्तरिक्ष उडान भरिसक्यो
हाम्रो समाज अझै पनि रूढिग्रस्त छ ।

४.
कतिपय नाङ्गिनुमा जीवन देख्छन् आजभोलि
कतिपय बाङ्गिनुमा जीवन देख्छन् आजभोलि
किन यतिबिघ्न स्वार्थी भएका हुन् मान्छेहरू
आफैंमात्र झाङ्गिनुमा जीवन देख्छन् आजभोलि ।

०००
हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोकान

चार ठोकान

दीपक गौतम
पाँच ठोक्तक

पाँच ठोक्तक

दीपक गौतम
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x