दीपक गौतमचार ठोकान
काम गर्न आनाकानी गर्छन् बेइमानहरू ठगी गर्न सबै जुट्ने राष्ट्रसेवकको मुलुक हो यो ।

दीपक गौतम :
एक
बर्बर ठाउँमा बुद्धत्व सोचेर कहाँ पाइन्छ !
सुखसयल अमनचयन सम्झेर कहाँ पाइन्छ !
न्याय खोज्दाखोज्दै थाके निर्मलाका आफन्तजन
ब्वाँसासँग न्याय निसाफ खोजेर कहाँ पाइन्छ !
दुई
काला करतुत खोल्न पनि बन्देज लगाइन्छ
कसिङ्गर ती पोल्न पनि बन्देज लगाइन्छ
त्यही देशको नागरिक हुँ म सुन्नुहोस् न महोदय
जहाँ सत्य बोल्न पनि बन्देज लगाइन्छ ।
तीन
मिलीजुली देश लुट्ने राष्ट्रसेवकको मुलुक हो यो
आश्वासनले दिमाग भुट्ने राष्ट्रसेवकको मुलुक हो यो
काम गर्न आनाकानी गर्छन् बेइमानहरू
ठगी गर्न सबै जुट्ने राष्ट्रसेवकको मुलुक हो यो ।
चार
ठूला माछाबाट सधैँ सानाहरू सन्त्रस्त छन्
किन हुन्छ सधैँ यस्तो सबै तनावग्रस्त छन्
पश्चिमतिर फर्किएर हेर्नुहोस् त आकाशमा गिद्धहरू
परेवाको सिकार गर्न अभ्यस्त छन् ।
०००
हेटौँडा
‘विसङ्गत वर्तमान’ (२०७७)
Subscribe
Login
0 Comments
Oldest





































