साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा दर्जन ठोक्तक

झिँगाले झैँ मनपेट खोल्छन् हाम्रा बुद्धिजीवीहरू नेतृत्वको आलोचना गर्छन् चोक चौतारामा आखिर तिनकै पाउ मोल्छन् हाम्रा बुद्धिजीवीहरू ।

Nepal Telecom ad

दीपक गौतम :

१.
दुष्टहरू जुटिरा’छन्, हेर्नेहरू हेरिरा’छन्
निर्धालाई नै कुटिरा’छन्, हेर्नेहरू हेरिरा’छन्
तैं चुप मै चुप छ समाज, बोल्ने आवाज मत्थर
छ लुट्नेहरू लुटिरा’छन्, हेर्नेहरू हेरिरा’छन् ।

२.
भोकै बस्छन् हाड-मासुका आगो जोर्नेहरू
नाङ्गै बस्छन् अजङ्गका पहाड फोर्नेहरू
अरबौंका भ्रष्टहरू सानले बाँचिरहँदा
सुली चढ्छन् आज यहाँ चप्पल चोर्नेहरू ।

३.
शिक्षानीति बनाउँछन् ती व्यापारीहरू
महिलानीति बनाउँछन् बलात्कारीहरू
नारामात्रै बन्छ देशमा केवल सुशासनको
जहिलेसम्म सत्ता हाँक्छन् भ्रष्टाचारीहरू ।

४.
हरेक मान्छे दुनियाँलाई प्रेरक बन्न सके
जिन्दगीको उकालीमा अथक् बन्न सके
पहिचान उसको बल्ल अलग हुन सक्छ
सङ्घर्षले जीवनगाथा रोचक बन्न सके ।

५.
बहसमा त कडा बोल्छन् हाम्रा बुद्धिजीवीहरू
झिँगाले झैँ मनपेट खोल्छन् हाम्रा बुद्धिजीवीहरू
नेतृत्वको आलोचना गर्छन् चोक चौतारामा
आखिर तिनकै पाउ मोल्छन् हाम्रा बुद्धिजीवीहरू ।

६.
निर्वाक् ती ओठहरूलाई बोल्न सिकाउनु छ
मनका सारा पीडा-व्यथा खोल्न सिकाउनु छ
प्रपञ्च ती जति हुन्छन् निमुखाका विरुद्धमा
एक-एक गर्दै पालैपालो बिथोल्न सिकाउनु छ ।

०००
हेटौडा
‘विसङ्गत वर्तमान’ (२०७७)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

दीपक गौतम
चार ठोकान

चार ठोकान

दीपक गौतम
पाँच ठोक्तक

पाँच ठोक्तक

दीपक गौतम
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x