साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

बोकी हिँड्ने नाम्लोडोको कहिलेसम्म बा ? सधैँ हाम्रै भुँडी भोको कहिलेसम्म बा ? भोलिभोलि भन्दाभन्दै जुनी बित्नै लाग्यो हेरीबस्नु आमा रोको कहिलेसम्म बा ?

Nepal Telecom ad

दीपक गौतम :

(१)
खोलामा गई माछा खोज्छ कस्तो मूर्ख मान्छे होला ?
जङ्गलमा गई चरा खोज्छ कस्तो मूर्ख मान्छे होला ?
सायद यस्तो भन्ने दिन पनि अब टाढा छैन
गर्भमा जीवित बच्चा खोज्छ कस्तो मूर्ख मान्छे होला ?

(२)
यसरी कमाएको छ त्यसरी कमाएको छ
मान्छेले सम्पत्ति जसरी कमाएको छ ?
महलको उचाइमात्र नाप्ने यो समाजले
खोज्दैन किन कसरी कमाएको छ ?

(३)
सकेसम्म लुटौँ आज भोलि देखाजाला
महाभोजमा जुटौँ आज भोलि देखाजाला
यसो भन्छन् डाडुपन्युँ बोकी भण्डार छिर्नेहरू
सिध्याएरै छुटौँ आज भोलि देखाजाला ।

(४)
बोकी हिँड्ने नाम्लोडोको कहिलेसम्म बा ?
सधैँ हाम्रै भुँडी भोको कहिलेसम्म बा ?
भोलिभोलि भन्दाभन्दै जुनी बित्नै लाग्यो
हेरीबस्नु आमा रोको कहिलेसम्म बा ?

(५)
सोझा जनता झुक्याउने मालिकको देश नबनोस् यो
मुखमा बुझो लगाइएका बालिगको देश नबनोस् यो
जोसुकैले नाङ्गो नाच नाच्दा आँखै सामुन्नेमा
टुलुटुलु हेर्दै बस्ने सालिकको देश नबनोस् यो ।

०००
हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

दीपक गौतम
चार ठोकान

चार ठोकान

दीपक गौतम
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x