साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चन्द्रागिरिको १५७ औं छन्द विशेष काव्य श्रृङ्खला

वरिष्ठ कवि पुरुषोत्तम सिग्देलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

Nepal Telecom ad

काठमाडौं, ०८० जेठ २४ । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा एबं वरिष्ठ कवि पुरुषोत्तम सिग्देलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हुँदै सिग्देलले चन्द्रगिरिका अध्यक्ष वाङ्मयको धड्कन नै हुनु भएको छ भन्नु भयो । चन्द्रागिरि साहित्यले अवसर र प्रेरणा दिएको छ भन्नु हुँदै आज १५७ औं श्रृङ्खला छन्द कविताका रुपमा शास्त्रीय छन्द र लोकछन्द सबाई, खोरियाको गुन्जयमान भयो भन्नु भयो ।

विशिष्ठ अतिथि डा.बमबहादुर थापा जितालीले आज छन्द, कविता सुन्न पाइयो, कसैले छन्दको विकास गर्न नसके पनि लयात्मक सुनाउनु भयो भन्नु हुँदै व्यङ्ग्य सिर्जना सुनाउनु भएको थियो । विशिष्ठ अतिथि गंगा लिगल र कलानिधि दाहालले १५७ औं श्रृङ्खलासम्म निरन्तर हुनु महत्पूर्ण र साहित्यको ठूलो सेवा हो भन्नु हुँदै भविष्यसम्म निरन्तरताको शुभकामना व्यक्त गर्नु भयो ।

सचिव सुधा बास्कोटा ढकालको कुशल उद्घोषणमा भएको कार्यक्रममा अन्य उपस्थित आमन्त्रित अतिथि साहित्यकारहरू क्रमशः सिर्जना खनाल, सुशील कुमार रिजाल, संगिता ठाकुर, सुरेश घिमिरे, लक्ष्मीप्रसाद मिश्र, चन्द्रावती अधिकारी, टेकबहादुर लौडारी, उमा ओडारी, यज्ञ सुवेदी, चुडा निर्भिक, शम्भु गजुरेल, भगवती दवाडी, बिनु बाबा घिमिरेलगायत १९ जना सर्जकहरूले आ-आफ्ना छन्द विशेष रचना सुनाउनु भयो ।

अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खोरियाको संरचना बारेमा बताउँदै अमूल्य समय दिएर जोडिनु भएकोको र नयाँ स्रष्टाहरू पनि हरेक श्रङ्खलामा पाउनु आयोजकको लागि खुशीको कुरा हो भन्नुभयो । उहाँले प्रमुख अतिथि, विशिष्ठ अतिथिज्यूहरू लगायत उपस्थित सम्पूर्ण अतिथि आमन्त्रित साहित्यकारहरुमा धन्यवाद ज्ञापन गर्नु भई खोरिया र छन्द कविता सुनाउँदै कार्यक्रम समापनको घोषणा गर्नु भयो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x