साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आयाराम गयारामहरू

यिनीहरूको काम भनेकै काट्ने रीस गर्ने च्यात्ने भत्काउने बिगार्ने सताउने र आगो लगाउने हो । मेरो शहरमा पनि थुप्रै आयाराम गयारामहरू छन् र दिनदिनै म यो रमिता हेरिरहेको छु ।

Nepal Telecom ad

आर.आर. चौलागाईं :

कहिले यता जान्छन्
कहिले उता जान्छन्
कहिल्यै एक ठाउँमा बस्दैनन्
धैर्य गर्दैनन्
दुःख गर्दैनन्
काम गर्दैनन्
मेहनत गर्दैनन्
अर्काले कमाएको खान्छन्
खालि अर्काको रीस गर्छन्
कुरा काट्छन्
घरमा आगो लगाउँछन्
र छिमेकीको पिँढीमा वास माग्न जान्छन्
त्यहाँ पनि यो भएन र त्यो भएन भनेर निहुँ खोज्छन्
दुधैदूधको चिया भएन
दाल बाक्लो भएन
माछामासु भएन
चौरासी व्यञ्जन भोजन भएन
सुत्नलाई पलङ भएन
ऐस आराम भएन
एयर कन्डिसनवाला कोठा भएन भन्छन्
मारमुङ्ग्री गर्छन्
पिढीँ भत्काउँछन्
र फेरि पुरानै घरमा फर्किन्छन्
आयाराम गयारामहरू ।

यिनीहरूको काम भनेकै
काट्ने
रीस गर्ने
च्यात्ने
भत्काउने
बिगार्ने
सताउने
र आगो लगाउने हो ।

मेरो शहरमा पनि
थुप्रै आयाराम गयारामहरू छन्
र दिनदिनै म यो रमिता हेरिरहेको छु ।

०००
हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x