साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विपन्नको पीडा

पैसावाला गर्दछन् मात्र हाँक भोका नाङ्गा पर्दछन् बिल्लबाठ नेता हाम्रा भाषणै मात्र गर्छन् चिल्ला गाडी यानमा सैर गर्छन् ॥

Nepal Telecom ad

हरिप्रसाद पौड्याल :

औधी जाडो पौषको मासबाट
घट्तै आयो सूर्यको उच्च ताप
मोटा- बाक्ला वस्त्रको भाउ चर्को
छैनन् न्याना रङ्कका लागि बर्को ॥१

बस्ने यौटा झोपडी छैन सानो
भोका नाङ्गा छन् यहाँ छैन दानो
मागी खाने बाध्यता हेर कस्तो
गर्छन् हेला दानवी चाल जस्तो ॥२

माघे जाडो खप्न गाह्रो छ हेर
चल्दा हावा रातमा ओस धेर
भोकै-नाङ्गै दुःखले रात काट्छन्
औधी पीडा रोगले दीन मर्छन् ॥३

पैसावाला गर्दछन् मात्र हाँक
भोका नाङ्गा पर्दछन् बिल्लबाठ
नेता हाम्रा भाषणै मात्र गर्छन्
चिल्ला गाडी यानमा सैर गर्छन् ॥४

झन्डै झन्डा देशमा देख्छु राता
को देला खै शीतमा वस्त्र ताता
फाल्छन् कोही अन्नको देख्छु रास
मर्छन् भोका भोककै हुन्छ त्रास ॥५

को होला खै दीनको दुःख देख्ने
बाक्ला न्याना वस्त्रले आङ ढाक्ने
देला कस्ले पेटमा टम्म खान
को रोक्ला खै दीनको प्राण जान ॥६

०००
धुलाबारी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपना

सपना

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
नेतृत्व भयो काँतर

नेतृत्व भयो काँतर

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
तीन ठोक्तक

तीन ठोक्तक

हरिप्रसाद पाैड्याल
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x