मनीषकुमार शर्मा ‘समित’स्फोटन
पल्लो घरतिर आँखा डुलाउँदै श्रीमतीले भनिन्- “धेरै चिबे हुने हैन है बुढा । अलि होस गर । यता उता खुट्टा चिप्लाएर लड्यौ भने छिमेक हाँस्लान् ।”

मनीषकुमार शर्मा ‘समित’ :
चिकित्सकको सल्लाह बमोजिम दुवै जोईपोइको बिहानको शारीरिक व्यायममा व्यस्त हुन थाले । उनीहरूको व्यायमशाला घरको छत थियो । सुरुवातमा श्रीमान केही समयमै लखतरान पर्थे तर अहिले निकै फुर्ती बढेको थियो ।
“के हो बुढा ! हिजो अस्तिसम्म त दुईचार खेपमै अस्ताउँथ्यौ । अहिले कताबाट जोस जाँगर आयो ?” श्रीमतीले कर्के नजर लगाउँदै भनिन् ।
“यो बिहानीको स्वच्छ चिसो हावा र पारिलो घामले साँच्चै स्फूर्ती दिँदो रहेछ बुझ्यौ बुढी ? आहा !” कुरा बङ्याउँदै उनले भने ।
“अँ ! मैले कुरा नबुझेको हुँ र तिम्रो अधबैँसै मनमा स्फोट भएको ?”
“हैन के भनेकी ?”
पल्लो घरतिर आँखा डुलाउँदै श्रीमतीले भनिन्-
“धेरै चिबे हुने हैन है बुढा । अलि होस गर । यता उता खुट्टा चिप्लाएर लड्यौ भने छिमेक हाँस्लान् ।”
०००
मध्यपुर ठिमी, भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































