साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्फोटन

पल्लो घरतिर आँखा डुलाउँदै श्रीमतीले भनिन्- “धेरै चिबे हुने हैन है बुढा । अलि होस गर । यता उता खुट्टा चिप्लाएर लड्यौ भने छिमेक हाँस्लान् ।”

Nepal Telecom ad

मनीषकुमार शर्मा ‘समित’ :

चिकित्सकको सल्लाह बमोजिम दुवै जोईपोइको बिहानको शारीरिक व्यायममा व्यस्त हुन थाले । उनीहरूको व्यायमशाला घरको छत थियो । सुरुवातमा श्रीमान केही समयमै लखतरान पर्थे तर अहिले निकै फुर्ती बढेको थियो ।
“के हो बुढा ! हिजो अस्तिसम्म त दुईचार खेपमै अस्ताउँथ्यौ । अहिले कताबाट जोस जाँगर आयो ?” श्रीमतीले कर्के नजर लगाउँदै भनिन् ।

“यो बिहानीको स्वच्छ चिसो हावा र पारिलो घामले साँच्चै स्फूर्ती दिँदो रहेछ बुझ्यौ बुढी ? आहा !” कुरा बङ्याउँदै उनले भने ।
“अँ ! मैले कुरा नबुझेको हुँ र तिम्रो अधबैँसै मनमा स्फोट भएको ?”
“हैन के भनेकी ?”

पल्लो घरतिर आँखा डुलाउँदै श्रीमतीले भनिन्-
“धेरै चिबे हुने हैन है बुढा । अलि होस गर । यता उता खुट्टा चिप्लाएर लड्यौ भने छिमेक हाँस्लान् ।”

०००
मध्यपुर ठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उधारो कात्रो

उधारो कात्रो

मनीषकुमार शर्मा ‘समित’
अपूर्व झोली

अपूर्व झोली

मनीषकुमार शर्मा ‘समित’
अनुत्तरित प्रश्न

अनुत्तरित प्रश्न

मनीषकुमार शर्मा ‘समित’
सन्तृप्त

सन्तृप्त

मनीषकुमार शर्मा ‘समित’
शून्यक

शून्यक

मनीषकुमार शर्मा ‘समित’
दुर्गधो

दुर्गधो

मनीषकुमार शर्मा ‘समित’
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x