साइबर अपराध सम्बन्धी सचेतना सामग्री

युगीन विचलन

पढाइ शिक्षा व्यवसायिकी भयो । पदार्थको चिन्तनमा डुबेछ जो ॥ गरिन्न आध्यात्मिक ज्ञान दर्शन । परम्परा लोप भयो विसर्जन ।

Nepal Telecom ad

विष्णुहरि पौडेल :

सुशील संस्कार थियो कता गयो ।
जनै भनेको लहरो हरो गयो ।
पुजिन्न पाञ्चायन देवता घर ।
विवाह छेको नहुने भयो थर ।१।

भुलेर आफ्नो कुल धाम गोकुल ।
टिको पुछी टाइ गरिन्छ सामिल ।
जपिन्छ बाईबल होलि वाइन ।
पनातिमा पैतृक छैन पाइन ।२।

नसा छ पैसातिर बिक्छ इज्जत ।
बारिन्न जूठो न समाल्छ सत्गत ।
अदालती चल्छ विवाह कार्तिक ।
महान नेता बनिहाल्छ नास्तिक ।३।

भुले निदिध्यासन आत्म-चिन्तन ।
सनातनी संस्कृतिको सुमीरन ।
भएर विन्दास नसालु झोलमा ।
चरित्र सस्तो महिलो छ घोलमा ।४।

पढाइ शिक्षा व्यवसायिकी भयो ।
पदार्थको चिन्तनमा डुबेछ जो ॥
गरिन्न आध्यात्मिक ज्ञान दर्शन ।
परम्परा लोप भयो विसर्जन ।५।

संसारमा द्वन्व जताततै किन ?
सकेन सिद्धार्थ नवीन जन्मिन ।
निषेध धेरै छ तमोगुणी मन ।
असत्यको ताण्डव खेल मञ्चन ।६।

धरापमा छिन् प्रकृति प्रवाहित ।
अनाथ झैं आर्त छ लोकको हित ।
कता छ खै नैतिक मूल्य मान्यता ।
उदास सर्वाङ्ग छ चेत शून्यता ।७।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गलगाँड भयो

गलगाँड भयो

विष्णुहरि पाैडेल
भोकतन्त्र

भोकतन्त्र

विष्णुहरि पाैडेल
देश बरवाद भयो

देश बरवाद भयो

विष्णुहरि पाैडेल
आधुनिक शिक्षा

आधुनिक शिक्षा

विष्णुहरि पाैडेल
आशाको आत्मदाह

आशाको आत्मदाह

विष्णुहरि पाैडेल
मूल्याङ्कन

मूल्याङ्कन

विष्णुहरि पाैडेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x