साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उकु चाहिएको छ

मौका चानस नगुमाऊँ पाकेको फल खाऊँ मुख बाऊँ दर्खास्त दिन ढिलो होला जागिर अमिलो होला यसैले म्याद बढाइएको छ उकु चाहिएको छ ।

Nepal Telecom ad

हाेम सुवेदी :

जता फर्कायो उतै फर्कने
जहाँ बाँध्यो उहीँ खर्कने
मौकामा घोक्रो फुट्ने गरी चर्कने
ए कोही छ कि
यो न्यूनतम योग्यता भएको
त्यस्तो घागडान
त्यता कोही पाइएको छ ?
हामीलाई उकु चाहिएको छ ।

एक वर्षको काम
पाँच वर्षमा पनि नसक्ने
दबाब दिएमा नडग्ने
सकेसम्म देश र जनतालाई ठग्ने
जहाँ बसायो त्यहीँ हग्ने
जता भन्यो उतै बग्ने
ए कोही छ कि
यो न्यूनतम योग्यता भएको घागडान
त्यता कोही पाइएको छ ?
हामीलाई उकु चाहिएको छ ।

परिआउँदा जुध्न सक्ने
जता जता पनि कुद्न सक्ने
समस्या पर्दा पछाडिबाट भाग्ने
परिआउँदा बन्दुक दाग्ने
अग्लो बार फुत्त नाग्ने
मौकामा बाँच्न भिक माग्ने
ए कोही छ कि
यो न्यूनतम योग्यता भएको घागडान
त्यता कोही पाइएको छ ?
हामीलाई उकु चाहिएको छ ।

बजेट खान सक्ने
छोरी चेली लान सक्ने
जुन ‍ओछिनमा पनि जान सक्ने
झोला भिर्ने
छात्रलाई पिर्ने
दुलाबाट छिर्ने
जता पनि फिर्ने
असपतालमा गिर्ने
ए कोही छ कि
यो न्यूनतम योग्यता भएको घागडान
त्यता कोही पाइएको छ ?
हामीलाई उकु चाहिएको छ ।

मौका चानस नगुमाऊँ
पाकेको फल खाऊँ
मुख बाऊँ
दर्खास्त दिन ढिलो होला
जागिर अमिलो होला
यसैले म्याद बढाइएको छ
उकु चाहिएको छ ।
००
उकु भनेको उपकुलपति ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x