साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सङ्गमको नियमित साहित्य सन्ध्यामा वक्ताद्वय वैद्य र मैनालीसँग बहस

शनिबारको नियमित ३३९औं नियमित साहित्य सन्ध्यामा स्रष्टाहरूको रचना वाचन समेत गरिएको थियो । * लेख्ने पढ्नेकै सङ्गतले 'बोनस' उमेर बाँचेको हुँः मुक्तिगोविन्द वैद्य । * अध्ययनले सोचाइको दायरा फराकिलो पार्छः उमा मैनाली ।

Nepal Telecom ad

मकवानपुर, २०८० माघ १३, शनिबार । साहित्य सङ्गम मकवापुरले साहित्यसेवी मुक्तिगोविन्द वैद्य र साहित्यप्रेमी उमा मैनालीसँग बहस सम्पन्न गरेको छ ।

शनिबारको नियमित ३३९औं नियमित साहित्य सन्ध्यामा स्रष्टाहरूको रचना वाचन समेत गरिएको थियो ।

साहित्य सङ्गमका पूर्व कार्यसमिति सदस्य खेम बानियाँको स्मृतिमा उहाँको तस्विमार पुष्पगुच्छा अर्पण तथा मौन धारण गरिएको कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले स्व. बानियाँ बारे बोल्दै नेपालमा ध्रुवचन्द्र गौतमले सूत्र कथाको सुरूवात गर्नु भएकोमा मकवानपुरमा सूत्रकथा भित्र्याउने पत्रकारिता, खेलकूद, लेखन, राजनीति बहुविधामा सक्रिय रहेको जानकारी दिनुभयो । साथै उहाँले आफ्नो जानकारी भएसम्म मकवानपुरका पहिलो गजल सर्जकका रूपमा समेत आफूले लिएको र उहाँको अवसानले अपूरणीय क्षति भएको बताउनुभयो ।

कार्यक्रममा नवसर्जक अनुसुया खनालका साथ लघुकथा वाचनमा किशन पौडेल, सूत्रकथा वाचनमा एस के निधन, कविता वाचनमा स्वस्तिका दाहाल, राजकुमार चौधरी, रामहरि चौलागाईं, वकुन्ठ लामिछाने, राजकुमार लामिछाने, छवि अनित्य, मसान उपासक, रामहरि चौलागाईंलगायत ।श्रष्टाहरू सरिक हुनुभयो भने स्वस्तिका बानियाँ, हरि पौड्याल, केशव समर्पण र जुम्लाका राजबहादुर बुढाले गजल वाचन गर्नुभयो ।

सङ्गमका उपाध्यक्ष सानु खनालले सहजीकरण गर्नु भएको बहसमा साहित्यसेवी मुक्तिगोविन्द वैद्य र सक्रिय पाठकका रूपमा रहनु भएका उमा मैनालीको सहभागिता रहेको थियो ।
बहसकै क्रममा वैद्यले विगत सम्झँदै गजल मञ्च मकवानपुरद्वारा हरेक महिना हुने गजल वाचन कार्यक्रममा गजल श्री घोषणा हुने कार्यक्रम नै पहिलो पटक आफूले सुनेको साहित्यिक कार्यक्रम भ‌एको बताउनुभयो ।

कार्यक्रममा प्रमाण पत्रचाहिँ किन नदिएको भनेर सोध्दा आर्थिक अभाव भन्ने सुनेपछि स्वतस्फूर्त आफूले आर्थिक सहयोग गरेर कार्यक्रमको निरन्तरतामा जोड गरेको सम्झिनुभयो । मातृभूमि साहित्यिक समाज, साहित्य सङ्गम, गजल मञ्च, मुक्तक मञ्चदेखि नवसर्जक साहित्य चौतारीसम्म पनि विविध हिसाबले सहयोग गर्नुभ‌एका उहाँले जेसिजको नेतृत्वमा हुँदा मलंगवामा विद्यालय सञ्चालनसम्मका कार्यमा जोडिन पाएकोमा जीवन सफल भ‌एको बताउनुभयो ।

अर्का सहभागी मैनालीले ध्रुवचन्द्र गौतमको अलिखितदेखि नयनराज पाण्डेको लूसम्म समाजकै कुरा आएको अनि पछिल्लो समय डा. नवराज केसीको शुन्यको मूल्यसम्म आइपुग्दा आफूले विभिन्न कालखण्डका अनेकन समाज पढ्न पाएको बताउनुभयो । उहाँले पढेका सयौं पुस्तकमध्ये राजेश्वर देवकोटाको उत्सर्ग प्रेमजस्ता पुस्तकहरू आफूले बुझ्न नसकेकोले आफूले बुझ्ने पुस्तक मात्रै पढ्ने बताउनुभयो । साथै जागिरे जीवनमा काठमाण्डौंबाट पुस्तक मगाएर पढ्नुपर्ने बाध्यता रहेकोमा अहिले हेटौंडामैँ उपलब्ध हुने हुँदा आफूजस्ता पाठकलाई सहज भएको हुँदा अहिले पनि पढ्नेकुरा नै आफ्नो प्राथमिकतामा पर्ने जानकारी दिनुभयो ।

साहित्य र जीवनबीचको सम्बन्धबारे खनालले राख्नु भएको जिज्ञासामा दुवै वक्ताहरूले आनान्दानुभूतिका लागि श्रवण, पठन र मनन गर्ने गरेको र आफू बोल्नेभन्दा पनि अरूका रचना सुन्न ललायित हुने तथा नवपुस्तालाई अध्ययनको दायरा फराकिलो पार्दै नेपालीसहित विभिन्न भाषाका पुस्तक अध्ययन गर्दै आफूमा निखारपन ल्याउन अनुरोध गर्नुभयो ।

प्रमुख अतिथि शिक्षासेवी ऋषिराम पोखरेलसहित वक्ताद्वयलाई मायाको चिनो प्रदान गरिएको कार्यक्रम साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षतामा साहित्य सङ्गम तथा सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा आयोजित कार्यक्रमलाई सङ्गमका सचिव मनोज पोखरेलले सहजीकरण गर्नु भएको हो ।

०००
– संप्रस पाैडेलद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x