फित्काैली डटकमजयप्रसाद पाण्डेकाे सहित, तीन कृति एकैसाथ विमोचित
प्राज्ञ गङ्गा सुबेदीको सभापतित्व तथा प्रा. गोविन्दराज भट्टराईको प्रमुख आथित्यमा भएको सो कार्यक्रममा कवि पाण्डेका कविता कृतिमाथि समालोचक कविराज नेउपाने र डा. व्यन्जना शर्माले समीक्षा गर्नुभएको थियो ।

विराटनगर २०८० माघ १३ । प्राज्ञ गङ्गा सुबेदीको सभापतित्व तथा प्रा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा भएको विराटनगरको आरोहण गुरुकुलमा आयोजित एक समारोहमा कवि जयप्रसाद पाण्डेको आत्मऋचा कविता सङ्ग्रहको विमोचन गरिएको छ ।
जम्मा ८३ कविता सङ्ग्रहित आत्मऋचा कवि पाण्डेको आठौँ कविताकृति हो । भर्खरै नई पुरस्कारबाट सम्मानित कवि पाण्डेका कविता कृतिमाथि समालोचक कविराज नेउपाने र डा. व्यन्जना शर्माले समीक्षा गर्नुभएको थियो ।
सेर्गेम प्रकाशन दमकबाट प्रकाशित सो विमोचन कार्यक्रममा साहित्यकारहरू डा. गोविन्दराज भट्टराई, गङ्गा सुवेदी, डा अन्जना वस्ती, डा. विष्णु एस राई, डा. खगेन्द्र भट्टराई, कमलराज भट्टराई, मेदिनी शर्मा, गङ्गाधर कट्टेल, खेमलाल पोख्रेल, मेघनाथ बन्धु, लक्ष्मण नेबटिया, रविन भट्टराई, निर्मला भट्टराई र पदम ओलि लगायतका साहित्यकारहरू उपस्थित हुनुहुन्थ्यो । सुमन पाण्डेले सन्चालन गर्नुभएको सो कार्यक्रममा स्वर सङ्गम सङ्गीतालयका तर्फबाट छोटो साङ्गीतिक प्रस्तुति पनि गरिएको थियो ।
सोही अवसरमा सम्पादक खिमानन्द पोख्रेलद्वारा सम्पादित हिमाली गुराँस नामक साहित्यिक मासिकको हालै प्रकाशित अङ्क १०६ कवि जय पाण्डे विषेशाङ्कको पनि लोकार्पण भयो । यस पत्रिकामा कवि पाण्डेका आठ कविता सङ्ग्रहको परिचय रहेको छ ।
प्राज्ञ गङ्गा सुबेदीको सभापतित्व तथा प्रा. गोविन्दराज भट्टराईको प्रमुख आथित्यमा भएको सो कार्यक्रममा अर्को कृति ९१ वर्षीय लेखक जगन्नाथ गर्तौलाको लेख रचना सङ्ग्रह “अतीतका दर्पणमा मेरो कलम” पनि सोही कार्यक्रममा लोकार्पित भयो । यस कृतिका सम्पादक कमलराज भट्टराई र लेखक पुत्री सीता तथा साली निर्मला भट्टराईले त्यसको प्रवन्ध गर्नु भएको थियो ।
०००
– जेन काइजेनद्वारा सम्प्रेषित
Subscribe
Login
0 Comments
Oldest






































