साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘प्रकृति: सहअस्तित्वको खोजी’ नामक पुस्तकको अन्तरसम्वाद

लेखिका तथा प्राविधिक संघकी उपाध्यक्ष गायत्री कार्कीले स्वागत गर्नु भएको सो कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष डा. किरण पौडेलले गर्नु भएको थियो |

Nepal Telecom ad

काठमाडाैं, २०८० माघ १२ | नेपाल वन प्राविधिक संघको आयोजनामा ‘प्रकृति: सहअस्तित्वको खोजी’ नामक पुस्तकको अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ |

संघको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रमको संचालन संघका महासचिव कृष्ण ओस्तीले गर्नु भएको थियो | २७ जना वन तथा वातावरण कर्मीहरुका संस्मरणात्मक लेखहरु समेटिएको उक्त संग्रहभित्र समेटिएकी लेखिका तथा प्राविधिक संघकी उपाध्यक्ष गायत्री कार्कीले स्वागत गर्नु भएको सो कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष डा. किरण पौडेलले गर्नु भएको थियो |

सहजकर्ता मिलन बुढाथोकी रहनु भएको सो अन्तरसम्वाद कार्यक्रममा समालोचकहरू झलक सुबेदी र नेपाल वातावरण पत्रकार समूह ‘नेफेज’ की अध्यक्ष रोशनी अधिकारी र पुस्तकका सम्पादक डा. रोशन शेरचन वक्ताका रुपमा रहनु भएको थियो |

उक्त अन्तरसम्वाद कार्यक्रममा बोल्दै झलक सुबेदीले वन विज्ञान र वन व्यवस्थापनमा लागेका सर्जकहरुबाट यस प्रकारको जमर्को गरिनु अत्यन्तै सह्रानीय कार्य भएको बिचार ब्यक्त गर्दै पुस्तक प्रकाशनका क्रममा देखिएका केही छुटेका विषयलाई उठाउनु भएको थियो | खासगरी वन व्यवस्थापक र ‘डी एफ ओ’ को एउटा बिम्बमा झल्किने वनकर्मीहरुभित्र कस्तो खालको शालीनता र कोमलता हुँदो रहेछ भन्ने अभिव्यक्त गर्नका लागि पनि यो पुस्तक सफल भएको कुरा प्रकाश पार्नु भयो |

त्यसै गरि रोशनी अधिकारीले यस पुस्तकमा समेटिएका महिला सर्जकहरुले ब्यक्त गरेका यावत् संघर्षका कथाहरुको उल्लेख गर्दै समेटिएका आलेखहरु अत्यन्त प्रखर र सूचनामूलक हुँदाहुँदै पनि अझ कतिपय व्याख्यात्मक विवरणहरुलाई संछिप्त पार्दै वनका मुद्दाहरु, वन व्यवस्थापनका कठिनाईहरु र लेखकहरुले सो को समाधानमा खेलेको भूमिका सहित आएको भए अझ सुन्दर हुन्थ्यो भन्ने भाव प्रकट गर्नु भयो |

साथै सम्पादक मण्डलका सदस्य डा. रोशन शेरचनले पुस्तक प्रकाशन पछाडिका संघर्ष र दुखलाई कठिनाईका रुपमा भन्दा पनि रोजिएको जिम्मेवारीका रुपमा काम सम्पन्न गरेको कुरा राख्नु भयो | साथै उहाँले पुस्तक प्रकाशनको अवस्थामा आइपुग्दाको कामहरुको नालीबेलीको उल्लेख गर्दै कतिपय रोचक पक्षको उजागर गर्नु भयो |

कार्यक्रममा वनकर्मी, साहित्यिक व्यक्तित्व तथा अन्य महानुभावहरुको बाक्लो उपस्थिति थियो | पुस्तकमा लेख लेख्नुहुनेहरु डा. स्वयम्भूमान अमात्य, डा. हिमलाल श्रेष्ठ, कमल थापा, विजयराज पौडेल, पशुपति कोइरालाको उपस्थिति थियो | साथै धर्तिचन्द्र यात्री, विष्णु ज्ञवाली, बाबुकृष्ण कार्की, लोकबन्धु घिमिरे, राजेशमान केसी जस्ता वन/वातावरणको विषयमा कलम चलाउनु हुने सर्जकहरु उपस्थित हुनुहुन्थ्यो | त्यसैगरी प्रेम सापकोटा, प्रेम खनाल, प्रकाश थापा, डा. मेनका पन्त, गोविन्द दाहाल, लगायत वन कर्मीहरु तथा वन विज्ञानका विध्यार्थीहरु पनि उपस्थित थिए |

कार्यक्रमको समापन गर्दै अध्यक्ष डा. किरण पौडेलले डा. रोशन शेरचन, डा. हिमलाल श्रेष्ठ, डा. भरतमान श्रेष्ठ, डा. ऋषि वस्ताकोटी र कमला रुपाखेतीको सम्पादक मण्डलको सामुहिक प्रयासमा २७ जना वनकर्मीको संस्मरण समेटिएको पुस्तक प्रकाशन गर्ने अवसर प्राप्त हुनु नेपाल वन प्राविधिक संघको लागि आफैमा एक सुनौलो अवसर हो | यसले वन प्राबिधिकहरुले पनि साहित्य लेखनमा अघि बढ्नु पर्छ भन्ने मानक स्थापित गर्न मद्दत पुर्याएको छ | अझ परिस्कृत र अझ फराकिलो दायरा बनाएर अर्को प्रकाशन गर्न संघ तयार रहेको उल्लेख गर्नु भयो | नेफेजका तर्फबाट ब्यक्त भएको सहकार्यमा लेखकहरुका लागि सिर्जनात्मक लेखनको कार्यशाला गर्ने कुरा अर्को चरणमा छलफल गरेर अघि बढ्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो |

०००
-कृष्ण ओस्तीद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x