फित्काैली डटकमघुम्ती कविगोष्ठी नेपालको १३४ औँ कार्यक्रम सम्पन्न
प्राचार्य दशरथ ज्ञवालीको सभापतित्व तथा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्य र वरिष्ठ गजलकार रामबहादुर पहाडी एवम् बु.न.पा.का उपप्रमुख अनिता लामाको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो ।

काठमाडौं, २०८० माघ १३ । शनिबार, घुम्ती कविगोष्ठीको १३४ औँ कार्यक्रम कपन, बालुवाखानीको रिलाइन्स को-एड स्कुलमा सम्पन्न भएको छ ।
बिहान ८ बजेबाट सुरु भएको यस कार्यक्रममा चर्चित गजल ‘के लत बस्यो मलाई’ का स्रष्टा डा. प्रदीपकुमार मैनालीलाई सम्मान तथा कविता वाचन भएको थियो ।
कार्यक्रममा रिलायन्स को-एड स्कुलका प्राचार्य दशरथ ज्ञवालीको सभापतित्व तथा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्य र वरिष्ठ गजलकार रामबहादुर पहाडी एवम् बु.न.पा.का उपप्रमुख अनिता लामाको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो । जसमा पत्रकार विनोद दाहाल ‘वत्स’, सङ्गीतकार एन.बी. जनकपुरी, कवि ढुण्डीराज पोखरेल, वासुदेव गुरागाईँ, सुसेली मञ्चका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे, कपनबानेश्वरका सम्पादक तथा प्रकाशक निबन्ध आचार्य, नारी स्रष्टा मञ्चकी अध्यक्ष ममता मृदुल, ढुण्डीराज मरासिनी लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिले डा. प्रदीपकुमार मैनालीलाई सम्मान अर्पण गर्नुभएको थियो भने वहाँले आफू साहित्यका लागि लागिपर्ने कुरा व्यक्त गर्दै घुम्ती कविगोष्ठी नेपालले गरेको नियमित कार्यक्रमको सराहना गर्नुभयो । साथै वहाँले कपन साहित्य समाजलाई पनि घुम्ती कविगोष्ठी जस्तै नियमित सञ्चालन गर्न सबैलाई आह्वान गर्नुभयो । यसै गरी उपप्रमुख अनिता लामाले आफू राजनीतिमा लाग्नुपूर्व कवि भएको कुरा व्यक्त गर्नुुभयो र साहित्यका लागि पुरानो नभएको समेत बताउनुहुँदै दुई ओटा छोटा कविता वाचन गर्नुभयो ।
कविता वाचन गर्ने कविहरूमा रिलायन्सका विद्यार्थीहरू तथा घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष माधवलाल श्रेष्ठ, कवि विनोद दाहाल वत्स, ढुण्डीराज मरासिनी, एनबी जनकपुरी, रामचन्द्र दाहाल, ओमप्रसाद कोइराला, बुद्धिसागर पौडेल, ढुुण्डीराज पोखरेल, दुर्गा अधिकारी भमरकोटे, परशुराम पराशर, ममता मृदुल, विन्दु अधिकारी ढकाल, तारा तामाङले कविता, गजल, सुसेली आदि बाचन गर्नुभएको थियो ।
त्यसैगरी पिँडालु पण्डित, रुद्र कोइराला, विसुकुमार केसी, शिवप्रसाद न्यौपाने, ललित अवस्थी, मिसन अधिकारी, राजेशमान केसी, सुशील आचार्य, डिएन महतो, सुरेशचन्द्र घिमिरे, रामबहादुर पहाडी, डा. प्रदीप मैनाली, रामकुमार पण्डित, कुलप्रसाद पोखरेलले आआफ्ना रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष माधवलाल श्रेष्ठले सम्मानित व्यक्तिको परिचय गराउँदै आफूले एक लाख पच्चिस हजार रुपैयाँको घुम्ती कविगोष्ठी नेपालको नाममा अक्षयकोष स्थापना गर्ने र अर्को एक लाख पच्चिस हजार रुपैयाँको अक्षयकोष रकम घुम्ती कविगोष्ठी नेपालका सदस्य तथा अभिनव साहित्य समाजका उपाध्यक्ष विमल अर्यालले प्रदान गर्नुभएको कुरा बताउनुभयो ।
कार्यक्रम घुम्ती कविगोष्ठी नेपालका सचिव रामकुमार पण्डितले सञ्चालन गर्नुभएको थियो ।
०००
– परशुराम पराजुलीद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































