साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भेषजराज साहित्य प्रतिष्ठानको ६९ औँ शङ्खला सम्पन्न

कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका सल्लाहकार शिक्षाविद् प्रह्लाद अर्यालले साहित्य समाजको ऐना हो भन्दै कार्यक्रममा वाचन गरिएका कविताहरूमा पनि समाजको यथार्थ प्रतिबिम्बन भएको बताउनु भयाे ।

Nepal Telecom ad

स्याङ्जा, ०८० माघ १३ । भेषजराज साहित्य प्रतिष्ठानले शनिबार वालिङ-८, भीमटारीमा रहेको पिरामिड कुटीमा आफ्नो नियमित रचना वाचनको ६९ औँ शृङ्खला कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठानका सल्लाहकार शिक्षाविद् प्रह्लाद अर्यालले साहित्य समाजको ऐना हो भन्दै कार्यक्रममा वाचन गरिएका कविताहरूमा पनि समाजको यथार्थ प्रतिबिम्बन भएको कुरा व्यक्त गर्नुभयो । उहाँले आफू साहित्यकार नभए पनि साहित्यिक कार्यक्रमको असल श्रोता र साहित्यप्रेमी भएको जानकारी गराउँदै प्रतिष्ठानले गरेका यस्ता कार्यक्रम फलदायी रहेकोमा सन्तुष्टि व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि वालिङ नगरपालिका वडा नं. ८ का वडाध्यक्ष दामोदर तिवारीले साहित्य समाजलाई मार्गदर्शन गर्ने महत्त्वपूर्ण माध्यम रहेकाको बताउँदै यसको विकासमा सबै लाग्नु पर्ने कुरा व्यक्त गर्नुभयो ।

यसैगरी कार्यक्रमका अतिथि डा. अच्युतशरण अर्यालले प्राकृत जीवनशलीको महत्त्वमाथि प्रकाश पार्दै आफ्नो रचना प्रस्तुत गर्नुभएको थियो ।

प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा प्रतिष्ठानका सदस्य लेखनाथले स्वागत मन्तव्य राख्नु भएको थियो भने सञ्चालन सचिव श्यामप्रसाद ढुङ्गानाले गर्नुभएको थियो ।

कार्यक्रममा कवि कमल बगाले, कवयित्री दमकुमारी बगाले, शान्ता थापा, लेखनाथ काफ्ले लगायत स्रष्टाहरूद्वारा दर्जन बढी रचनाहरु प्रस्तुत भएका थिए ।

०००
– श्यामप्रसाद ढुङ्गानाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x