फित्काैली डटकमपिँडाली हास्यव्यङ्ग्य सम्मान चट्याङ मास्टरलाई, मनाेहराकाे साधारणसभा सम्पन्न
नेपाली साहित्यका प्रखर व्यङ्ग्यसाधक केशवराज पिँडालीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको साहित्यिक देनबारे प्रमुख अतिथि र विशेष अतिथिहरूले बोल्नुभएको थियो ।

काठमाडाैं, २०८० माघ १३ । मनोहरा साहित्य समाज पुरानो सिनामंगलको पहिलो साधारणसभा र ८५अौं शृङ्खलाको नियमित रचनावाचन सम्पन्न भएको छ ।
ग्लोबल स्कुल, पुरानो सिनामंगलको सभाहलमा भएको सो कार्यक्रमको पहिलो सत्र प्रथम साधारणसभाका
प्रमुख अतिथि व्यङ्ग्यप्रधान अनलाइन पत्रिका फित्कौली डटकमका सम्पादक नरनाथ लुइँटेल र अध्यक्षमा संस्थाकै अध्यक्ष डिल्लीराज अर्याल हुनुहुन्थ्यो ।
विशेष अतिथिहरूमा ग्लोबल स्कूलका प्राचार्य मातृका कार्की, गीतकार एन बीएन बी जनकपुरी र भरत गुरुङ हुनुहुन्थ्यो ।
संस्थाका सचिव भावकेशर बरालले सञ्चालन गर्नुभएको सो कार्यक्रममा उद्घाटनपछि सामुहिक राष्ट्रिय गान र शहीद सप्ताहका अवसरमा ज्ञातअज्ञात शहीदहरूप्रति १ मिनेट मौनधारण गरिएको थियो ।
कार्यक्रममा संस्थाको आर्थिक प्रतिवेदन खोलाघरे साहिंलो (कोषाध्यक्ष) ले र अध्यक्षको प्रतिवेदन डिल्लीराज अर्यालले प्रस्तुत गर्नुभएपछि हलले दुवै प्रतिवेदन पारित गरेको थियो ।
यसपछि अध्यक्षले साबिकको तदर्थ समिति विघटन भएको घोषणा गर्नुभयो । नयाँ कार्यसमिति निर्माण गर्नका लागि भरत गुरुङको संयोजकत्वमा छत्रभूषण दाहाल र एन बी जनकपुरी समेतको निर्वाचनमण्डलले नयाँ ९ सदस्यीय कार्यसमिति गठन गरेर हलद्वारा समर्थन भएपछि सामुहिक सपथग्रहणका साथै, सधन्यवाद पहिलो सत्र समाप्त भयो ।
दोस्रो सत्र डिल्लीराज अर्यालकै अध्यक्षता र सुपरिचित साहित्यकार रमेश विकल प्रतिष्ठानका अध्यक्ष विजय चालिसेको प्रमुख आमन्त्रितत्वमा सम्पन्न भयो । यो सत्रको विशेष आकर्षण “पिंडाली हास्यव्यङ्ग्य सम्मान अर्पण र नियमित रचना वाचन रहेको थियोे । 
नेपाली साहित्यका प्रखर व्यङ्ग्यसाधक केशवराज पिँडालीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उहाँको साहित्यिक देनबारे प्रमुख अतिथि र विशेष अतिथिहरूले बोल्नुभएको थियो ।
यसै वर्ष साहित्यकार आर सी रिजालद्वारा पुरस्कारकोष स्थापना गरी पहिलोपल्ट “पिँडाली हास्यव्यङ्ग्य सम्मान” सुपरिचित व्यङ्ग्यकार, सामाजिक अभियन्ता, कृषि विशेषज्ञ चट्याङमाष्टरलाई नगद रु २०,०००/- समेत सो सम्मान प्रदान गरिएको थियो ।
चट्याङ माष्टर कृष्णमुरारि गौतमको बहुमुखी प्रतिभाको संक्षिप्त परिचय खोलाघरे साहिंलाले दिनुभएको थियो । चट्याङ माष्टरले सम्मानग्रहणपछि मन्तव्यको क्रममा आफ्ना अनुभूतिहरू सुनाउँदै र पिँडालीको स्मरण गर्दै “उद्योग नखोल् पार्टी खोल्” कविता सुनाउनुभयो ।
प्रमुख अतिथि विजय चालिसेले मन्तव्यको क्रममा पिडालीको चर्चा, आर सी रिजालको कामको प्रशंसा, हास्यव्यङ्ग्य साहित्यमा देवकोटा र भैरवको समेत चर्चा गर्नुभयो । यसैबीचमा टी पी बराकोटीको पुस्तकको छोटो चर्चा भावकेशर बरालबाट गरिएपछि बराकोटीले आफ्नो कवितासङ्ग्रहबारे छोटो भनाइ राख्तै कविता वाचनसमेत गर्नुभयो ।
कोषका संस्थापक आर सी रिजालले छोटो मन्तव्य र चुटुक्क कविता सुनाउनुभयो । नरनाथ लुइँटेलले थोरै मन्तव्य दिंदै पिंडालीको स्मरण गर्दै हास्यव्यङ्ग्य प्रवर्धन अभियानमा फित्काैली जुटेकाे प्रसङ्ग उल्लेख पनि गरेर “उहाँ महान् हुनुहुन्छ” कवितावाचन गर्नुभयो ।
६० जना जतिको उपस्थिति रहेको आजको कार्यक्रममा भाेजराज मुखाले, मधुसूदन लामिछाने, टी एन भट्ट विश्वामित्र, एन बी जनकपुरी, रत्ननिधि रेग्मी, हरिकला उप्रेती, डिल्लीप्रसाद मुलतिहुन, “धरोधर्म गर्छु” अनुभव आत्रेय, शालिग्राम दाहाल, शम्भु गजुरेल ” पेशा बदल्दा भयो “, मोहन पन्थी, तोयानाथ सुवेदी, राजेन्द्रकुमार वज्राचार्य आदिले रचना वाचन वाचन गर्नुभएको थियो ।
०००
– खाेलाघरे साहिँलाेद्वारा संप्रेषित/ तस्विर : भावना न्याैपाने
Subscribe
Login
0 Comments
Oldest










































