साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्य कला प्रतिष्ठानको प्रथम वार्षिकोत्सव सम्पन्न

प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा प्रमुख अतिथि पोखरेलले नेपाली भाषा साहित्यका क्षेत्रमा उदयपुर सक्रिय रुपमा लागेको बताउनु भयाे ।

Nepal Telecom ad

उदयपुर, २०८० माघ १३ । उदयपुरको सदरमुकाम गाईघाटमा शनिबार उदयपुर साहित्य कला प्रतिष्ठानको प्रथम वार्षिकोत्सव रचना वाचन सहित सम्पन्न भएको छ ।

प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा प्रमुख अतिथि पोखरेलले नेपाली भाषा साहित्यका क्षेत्रमा उदयपुर सक्रिय रुपमा लागेको र यहाँ युवादेखि जेष्ठनागरिकसम्म पनि साहित्य सिर्जनामा रमाउनु अत्यन्त खुशीको कुरा भएको बताउनु भयो ।

प्राज्ञ पोखरेलले उदयपुरमा आउँदा भिन्न भिन्न अनुभूति र अनुभव संगाल्न पाएकोमा खुशी व्यक्त गर्दै आउँदा दिनहरूमा उदयपुरको साहित्यले अझ फराकिलो तरिकाले आफ्नो क्षेत्र विस्तार गर्दे जाने संभावना रहेको हुँदा सर्जक तथा साहित्यिक प्रतिभाहरूलाई प्रोत्साहित गर्दै लगेमा भोलिका दिनहरूमा यस्ता कार्यक्रमले निरन्तरता पाउने र उदयपुर साहित्य कला प्रतिष्ठानले गर्र्दै आएको कार्यक्रमले राम्रो सन्देश दिएको बताउनु भयो ।

उदयपुर साहित्य कला प्रतिष्ठानका अध्यक्ष डा.कैलाशकुमार राईको अध्यक्षता र सचिव सरिता पौडेल गुरागाईको सञ्चालनमा भएको सो कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष बासुदेव पोखरेलकोे स्वागत मन्तव्यबाट शुरु भएको थियो ।

कार्यक्रममा महासचिव माधव पोखरेल गोज्याङ्ग्रेले संस्थाको उद्देश्य र कार्यक्रममाथि प्रकाश पार्नु भएको थियो भने विशिष्ठ अतिथिहरू कवि तथा पूर्वाञ्चल साहित्य प्रतिष्ठानका महासचिव गोकुल अधिकारी, अर्का कवि सन्तोषकुमार पोखरेल, हिमालय पौडेल, उद्धव घिमिरे, कुमार कोइराला, बासुदेव पोखरेल, तेज नारायण शेर्पा, टंकबहादुर आले लगायतका दुई दर्जन कविहरूले कविता वाचन गरेका थिए ।

यसै गरी अन्य कविहरू भिम पौडेल घाँसे, सीमा मास्के, निर्मला पुरी, हर्कनारायण श्रेष्ठ, सुकदेव चौधरी, हरिशरण खतिवडा, रविन्द्रराज शाही, चन्द्रनारायण चौधरी, कीर्तिबहादुर खड्का लगायतका कविहरूले रचना वाचन गरेका थिए ।

०००
– माधव पोखरेलद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x