फित्काैली डटकमसासुप मिरिकको एकसय तीनऔँ श्रृङ्खला सम्पन्न
दीप प्रज्ज्वलन गरेर उद्घाटन गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष राजबहादुर राईको अध्यक्षता र स्वयम् संस्थाको आयोजनामा विभिन्न भावी कार्यक्रमको अनुमोदन तथा रचनावाचन कार्यक्रम सम्पन्न भएको हो ।

मिरिक, दार्जिलङ, ३ फरवरी २०२४ अर्थात् २० माघ २०८० । दार्जिलिङको मिरिक नगरपालिकास्थित स्थानीय नगर पुस्तकालयको सभा हलमा साहित्य सुनौँ परिवार मिरिकको नियमित कार्यक्रम एकसय तीनऔँ श्रृङ्खलाअन्तर्गतको मासिक रचनावाचन कार्यक्रम सम्पन्न भएको छ ।
दीप प्रज्ज्वलन गरेर उद्घाटन गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष राजबहादुर राईको अध्यक्षता र स्वयम् संस्थाको आयोजनामा विभिन्न भावी कार्यक्रमको अनुमोदन तथा रचनावाचन कार्यक्रम सम्पन्न भएको हो ।
यो संस्थाको नियमित कार्यक्रम भएकाले विगतमा विभिन्न सन्दर्भले साहित्यमा योगदान उल्लेख्य रहेका स्रष्टाहरूको सम्मानमा प्रकाशन गरिएका स्मृतिग्रन्थ ( दिवंगत ) र हालसम्म पनि साधनारत स्रष्टाहरूका कृति प्रकाशन तथा विमोचन गरिएका सन्दर्भको परिचर्चा गरिएको हो साथै अब गरिने सोही किसिमको कर्मअन्तर्गत पाँचौँ अङ्कको पालोमा परेका स्रष्टा कवि एवम् समालोचक अर्जुन प्रधान रहेको प्रस्तावसमेत पारित गरिएको हो ।
संस्थाको तर्फबाट आगामी अप्रिल महिनामा वसन्तपञ्चमीको शुभअवसर पारेर खुला कवि गोष्ठी सम्पन्न गर्ने लक्ष तय गरेअनुसार सम्पूर्ण कविहरूलाई निम्तामार्फत पूर्व जानकारी गरिने प्रस्तावसमेत पारित गरिएको छ ।
यस्तै कार्यक्रमहरूको प्रस्ताव पारित गर्ने क्रममा आगामी १८ फरवरी २०२४ का दिन कवि जीनर घतानीकृत दोस्रो कृति कवितासङ्ग्रह ‘प्रेरणा’ को लोकार्पण संस्थाको अध्यक्ष राजबहादुर राईको अध्यक्षता र स्रष्टा मदन ओझाको प्रमुख आतिथ्यमा फुवागढी सार्वजनिक भवनमा सम्पन्न गरिने पूर्व जानकारीको प्रस्ताव पनि पारित गरिएको हो ।
आजको कार्यक्रममा सुकबहादुर गजमेर, अमर दुङ्माली, पारसमणि राई, गणेश बराइली, केसाङ लामा, गोकुल रसाइली, अङ्कित गजमेर र डा. कमला तामाङ आदि स्रष्टाहरूको बेजोड उपस्थितिमा सबैले आ-आफ्ना रचना प्रस्तुत गरेका थिए । यी सम्पूर्ण कार्यक्रमको कथ्य समीक्षासहितको धन्यवाद ज्ञापन अध्यक्षद्वारा भएपछि कार्यक्रम समापन भएको हो ।
सचिव शीला लामाको सञ्चालन रहेको कार्यक्रममा शीला लामाकै स्वागत मन्तव्य रहेको कथाकार दीप प्रधानले जानकारी दिएका हुन् ।
०००
फित्कौलीका लागि मेची प्रतिनिधि नदी भट्टराईद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest








































