साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे

रातारात धनी हुने छ सपना “आनन्दमा नै रहूँ” । पापी कर्म गरेर हिँड्छ मनुवा तै भन्छ “राम्रो म हुँ” ॥ छोडी दूध, दही सुपथ्य जति छन् रक्सी सधैँ तान्दछ । धेरै गर्छ घमण्ड मात्र धनको पैसा ठुलो ठान्दछ ॥

Nepal Telecom ad

भानुभक्त कुभिण्डेली :

राम्रो देखिन ‘राम राम’ मुखमा मान्छे सधैँ जप्दछ ।
मिल्दा घोप्न कतै सदा बगलमा लामो छुरा राख्दछ ॥
मैलो सोच सदैव हुन्छ मनमा दुष्कर्मको सर्वदा ।
हिँड्ला चट्ट परेर सुन्दर बनी छाला सिँगारी सदा ॥

साँचो सेवक भन्छ किन्तु कहिले गर्दैन सेवा पनि ।
साँचो धर्म ‘परोपकार’ कहिले बुझ्दैन दम्भी बनी ॥
गल्ती गर्छ स्वयम् परन्तु कहिले भन्दैन गल्ती भयो ।
अर्काको बदख्वाइँ गर्न जहिले आनन्द मान्दै गयो ॥

हेला गर्छ मुमा, बुबा तर सधैँ कुत्ता ठुलै पाल्दछ ।
प्रज्ञा ज्ञान निभाउँदै महलमा बत्ती ठुलै बाल्दछ ॥
थोरै मानवता रहेन दिलमा बन्दा छुचो दानव ।
भन्छन् यो कलिमा अनन्त गतिमा यस्तै हुने हो अब ॥

रातारात धनी हुने छ सपना “आनन्दमा नै रहूँ” ।
पापी कर्म गरेर हिँड्छ मनुवा तै भन्छ “राम्रो म हुँ” ॥
छोडी दूध, दही सुपथ्य जति छन् रक्सी सधैँ तान्दछ ।
धेरै गर्छ घमण्ड मात्र धनको पैसा ठुलो ठान्दछ ॥

ईर्ष्या गर्छ बढी अरू मनुजले गर्दा कतै उन्नति ।
खुट्टा तान्छ लडाउने प्रण गरी आफ्नो बिगारी मति ॥
आफ्ना मात्र कुरा सही र गतिला आफैँ ठुलो भन्दछ ।
बढ्दो त्यो अभिमानले दिनदिनै खाल्डो स्वयम् खन्दछ ॥

०००
भद्रपुर -१०, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणतन्त्र आयो भन्छन्

गणतन्त्र आयो भन्छन्

भानुभक्त कुभिण्डेली
कसले के बिराए ?

कसले के बिराए ?

भानुभक्त कुभिण्डेली
मनको प्यास

मनको प्यास

भानुभक्त कुभिण्डेली
डस्नेहरू छन् यहाँ

डस्नेहरू छन् यहाँ

भानुभक्त कुभिण्डेली
भोकै बस तिमी बरु

भोकै बस तिमी बरु

भानुभक्त कुभिण्डेली
भाने ! तँ लेख्दै नलेख्

भाने ! तँ लेख्दै...

भानुभक्त कुभिण्डेली
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x